ad
x
फाेटाेफिचर

तरुलको निराशजनक व्यापार, तस्बिरमा हेर्नुहाेस्

person explore access_timeपुस २५, २०७८ chat_bubble_outline0

माघे सङ्क्रान्ति आउनलाई एक हप्ता मात्रै बाँकी छ तर काठमाडौँको कालिमाटी तरकारी बजारमा भने यसको खासै  छनक देखिएको छैन । कोरोना महामारी सुरु हुनुअघि व्यापारीहरूले माघे सङ्क्रान्ति अगावै ५० टन भन्दा बढी तरुल बेच्ने गरेका थिए तर अहिले मुस्किलले पनि ३० टन विक्री भएको छ ।


"अघिल्लो वर्ष यही समयतिर हामीले करिब ५० टन तरुल बेचेका थियौँ तर यो वर्ष मुस्किलले ३० टन बेचेका छौँ । माघे सङ्क्रान्तिसम्ममा करिब ९० टन बिक्री भएको थियो तर यो वर्ष त्यो सङ्ख्या भेट्टाउन पनि मुस्किल पर्ने देखिएको छ । कोरोनाको कारण मानिसहरूको आर्थिक अवस्था अझै सुध्रिन सकेको छैन त्यसैले पनि होला खपत नबढेको," कालिमाटीका तरुल व्यापारी श्रीकृष्ण बस्नेतले रातोपाटीलाई भने ।



माघे सङ्क्रान्ति तरुल, सखरखण्ड, चाकु, खिचडी र कन्दमूल खाएर मनाइने पर्व हो । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ  । तरुल चिसो मौसममा नै फल्ने गर्छ र यो स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । तरुल गर्मी प्रदान गर्ने तरकारी भएकाले यसलाई चिसो मौसमका लागि निकै उत्कृष्ट खानेकुरा मानिन्छ ।

माघ १ गते देश विदेशमा रहेका नेपालीहरूले मकर सङ्क्रान्ति धूमधामका साथ मनाउने गर्छन् । यस क्रममा फोटोपत्रकार सुवास श्रेष्ठले राजधानीको तराकारी बजारमा पुगेर विभिन्न प्रकारको तरुलको तस्बिर कैद गरेका छन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।