बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

के श्रीमती किरणसँग छुटिँदैछन् रमेश ?

आइतबार, २५ पुस २०७८, १३ : २३
आइतबार, २५ पुस २०७८

एक समयका लोकप्रिय अभिनेता हुन् रमेश उप्रेती । पछिल्लो समय फिल्म अभिनयमा भने उनी त्यति सक्रिय छैनन् । तैपनि चर्चामा रहिरहन्छन् ।  पछिल्लो समय उनको चर्चाको बिषय श्रीमती किरण राणासँगको वैवाहिक सम्बन्ध भएको छ । रमेश र किरणको वैवाहिक सम्बन्ध टुट्ने संघारमा रहेको गसिफले मिडिया तातेका छन् । उनीहरु करिब ६ महिनादेखि अलग बस्दै आएको हल्ला समेत चलिरहेको छ ।

प्रेम विवाह गरेका रमेश र किरणको सन्तान भने भएको छैन । दुबै लामो समय अमेरिका बसेर फर्किएका हुन् । नेपाल फर्किएपछि रमेशले ‘ब्रासलेट’ मार्फत फिल्म अभिनयमा कमब्याक गरेका थिए । त्यसपछि ‘ऐश्वर्या’ निर्माण गरेका रमेशको फिल्ममा निर्माता किरण नै थिइन् ।

सामाजिक सञ्जालमा श्रीमती किरणप्रति माया दर्साउँदै बेलाबेलामा प्रेमले भरिएका स्टाटस समेत पोष्ट गर्ने रमेशले आफ्नो नाम रमेश किरण उप्रेती समेत लेख्दथे । तर केही समययता भने उनले नामबाट किरण हटाएका छन् । त्यसले पनि रमेश र किरणको सम्बन्धमा खटपट रहेको भन्ने समाचारमा बल पुगेको छ । बूढानीलकण्ठमा रहेको सीजी भिल्लामा बस्दै आएका रमेश र किरण अहिले अलग रहँदै आएको र डिभोर्स अदालती प्रक्रियामा रहेको बताइन्छ ।

तर, अभिनेता रमेश भने श्रीमतीसँगको डिबोर्सको हल्लामा सत्यता नभएको बताउँछन् । ‘बाहिर के–के हल्ला हुन्छ । त्यसको पछि म लाग्दिन’ रमेशले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप