नेप्सेमा उछाल, ७३ अंकले बढेको बजारमा ७ अर्बको कारोबार
आइतबार सेयर बजार परिसूचक नेप्सेमा अधिकतम् ७३ अंक बढीको उछाल आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ७३.०५ अंकले बढेर २७ सय ६५.५१ अंकमा उक्लिएको हो । यस बढी ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत अधिकतम् १३.२१ अंकले बढेर ५१९.३७ विन्दुमा पुगेको छ ।
साताको पहिलो कारोबार दिन समेत रहेको आज सबै उपसूचक धनात्मक (पोजेटिभ) हुँदै बजार नै हरियाली बनेको छ । यस दिन ट्रेडिङ (व्यापार) समूहको उपसूचक अधिकतम् ६.०८ प्रतिशतले बढेको छ भने, विकास बैंक समूहको ५.४९ प्रतिशतले, फाइनान्स ५.१६ प्रतिशतले, हाइड्रोपावर ४.४९ प्रतिशतले र निर्जीवन बीमा समूह ३.१३ प्रतिशतले वृद्धि भएको छ ।
आज दुई वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक दर्जन भन्दा बढी कम्पनीहरुको मूल्यमा ८ प्रतिशत माथिको वृद्धि भएको छ । ७३ अंकमाथिले बढेको बजारमा आज ७ अर्ब १० करोड १८ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा जाने श्रमिकको हवाई टिकटमा खानाको व्यवस्था गर्न विभागको आग्रह
-
सिद्धार्थ बैंकलाई ‘अन्तर–बैंक पुरुष फुटसल’को उपाधि
-
कालीकोट जिल्लाकै नमुना स्याउ फोइमहादेवमा
-
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम
-
उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
-
भारतीय प्रधानमन्त्री मोदी र राहुलको भाषणमाथि निर्वाचन आयोगको नोटिस