शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि ब्युँताइयो

आइतबार, २५ पुस २०७८, १९ : ०५
आइतबार, २५ पुस २०७८

स्मार्ट लकडाउनसम्बन्धी यसअघिको कार्यविधि फेरि कडाइका साथ लागू हुने भएको छ।  आइतबार बसेको कोभिड १९ व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेकोे हो । 

बैठकपछि कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सहसचिव सुनिता नेपालले भनिन्, ‘गत कोरोना महामारीमा नै हामीले स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि लागु गरेका थियौँ । त्यो कार्यविधिलाई प्रमुख जिल्ला अधिकारीले थप कडाइका साथ कार्यान्वयन गर्नका लागि निर्देशन दिन गृह मन्त्रालयलाई सिफारिस गरिएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप