शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : कोरोना संक्रमण बढेपछि सरकारको कडाई, को बन्ला माओवादी केन्द्रको महासचिव ?

दुबईमा ११८ नेपाली युवा अलपत्र
आइतबार, २५ पुस २०७८, २० : ४०
आइतबार, २५ पुस २०७८

आज २०७८ पुस २५ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा कोरोना संक्रमण बढेपछि लगाइयो यस्तो नियम, कोरोना बढ्दो, के तेस्रो लहर आएकै हो ?, राष्ट्रियसभाका उम्मेदवारलाई चुनाव चिह्न प्रदान, एमाले जिल्ला अधिवेशनमा सर्वसम्मत नेतृत्व छान्न सकस, को बन्ला नेकपा माओवादी केन्द्रको महासचिव ?, दुबईमा ११८ नेपाली युवा अलपत्र लगायत छन् ।

१. कोरोना संक्रमण बढेपछि लगाइयो यस्तो नियम
नेपालमा कोरोना संक्रमितको संख्या लगातार बढ्दै गएपछि सार्वजनिक स्थलमा केही प्रतिबन्धात्मक व्यवस्था लागू गरिएको छ । आइतबार बसेको कोभिड–१९ व्यवस्थापन समितिको बैठकले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको छ । यस्तै, माघ ३ गतेदेखि सार्वजनिक स्थलमा प्रवेश गर्दा कोरोना खोप लगाएको कार्ड देखाउनुपर्ने छ । बैठकले माघ १५ गतेसम्म कक्षा १० सम्मका विद्यालय बन्द गर्न पनि सिफारिस गरेको छ ।

​२. कोरोना बढ्दो; के तेस्रो लहर आएकै हो ?
नेपालमा कोरोना संक्रमणको ग्राफ फेरि दैनिक बढ्न थालेको छ । विज्ञहरु यसलाई तेस्रो लहरको सुरुवातका रुपमा व्याख्या गर्न थालेका छन् । काठमाडौं उपत्यकाका साथै देशभर संक्रमितको संख्या पछिल्ला दिनमा बढ्दो छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालदेखि सो पार्टीका अन्य केही केन्द्रीय तहका नेता पनि संक्रमित भएका छन् भने मन्त्रीहरु पनि संक्रमणको जोखिममा देखिएका छन् । 

​३. राष्ट्रियसभाका उम्मेदवारलाई चुनाव चिह्न प्रदान
आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नुका साथै उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेको छ । आयोगले निर्वाचन केन्द्रित आचारसंहितासमेत लागू भएको जनाएको छ ।

नेकपा एमालेको जिल्ला अधिवेशनअन्तर्गत सर्वसम्मत नेतृत्व छान्न प्रयास भए पनि अधिकांश जिल्लामा सफलता हात लाग्न सकेको छैन । परिणामस्वरुप शुक्रबार उद्घाटन भएको अधिवेशन आइतबारसम्म पनि सम्पन्न हुन र नयाँ नेतृत्व चयन गर्न सकेको छैन ।

केही जिल्लामा सर्वसम्मत् नेतृत्व चयन भए पनि कयौं जिल्लामा निर्वाचनबाटै नेतृत्व चयन गर्ने प्रक्रिया थालिएको छ । कतिपय जिल्लामा भने सर्वसम्मत् नेतृत्व चयनका लागि आकांक्षीहरुबीच सहमति जुटाउन प्रयास भइरहेको छ ।

५. ‘त्रिपक्षीय सेटिङ’मा गुणस्तरहीन मल ल्याइयो
किसानका लागि ‘त्रिपक्षीय सेटिङ’ का आधारमा गुणस्तरहीन मल ल्याएको पाइएको छ । कृषि सामाग्री कम्पनी लिमिटेडका कर्मचारी, जोशी बीज हाउस र स्वतन्त्र सर्वेक्षक कम्पनी नासका कर्मचारीको मिलेमतोमा कम गुणस्तरको मल ल्याएको तथ्य खुलेको हो । 

६. माघे संक्रान्ति धान्न बजारमा तरुल र चाकु
माघे संक्रान्ति नजिकिएसँगै बजारमा तरुल र चाकु भित्रिन थालेको छ । माघे संक्रान्तिमा तरुल र चाकुको विशेष महत्त्व हुन्छ । तरुलको व्यापार भने त्यति उत्साहप्रद नरहेको व्यापारीको भनाइ छ ।

नेकपा माओवादी केन्द्रले पदाधिकारी चयन गर्न भन्दै पुस २५ गतेका लागि बोलाएको केन्द्रीय कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । पार्टीको राष्ट्रिय महाधिवेशन सम्पन्न भए पनि पदाधिकारी चयन गर्न बाँकी छ । सो पार्टीको अन्य पदाधिकारीभन्दा पनि महासचिव को बन्ला भन्नेमा यतिबेला चासो व्याप्त छ ।

८. दुबईमा ११८ नेपाली युवा अलपत्र
आकर्षक रोजगारीको प्रलोभनमा परेर दलालमार्फत दुबई आएका ११८ नेपाली युवा अलपत्र परेका छन् । पटक–पटक गरेर चार÷पाँच महिनाअघि मनग्य तलबसहित आकर्षक जागिर पाउने आशामा भिजिट भिसामा दुबई आइपुगेका युवा अलपत्र परेका हुन् ।

९. नेप्सेमा ७३ अंक बढीको उछाल
आइतबार सेयर बजार परिसूचक नेप्सेमा ७३ अंक बढीको उछाल आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से सूचक ७३.०५ अंकले बढेर २७ सय ६५.५१ अंकमा उक्लिएको हो । यस बढी ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत अधिकतम् १३.२१ अंकले बढेर ५१९.३७ विन्दुमा पुगेको छ । 

१०. मन्त्रालय फुटाएको ६ महिनासम्म उपलब्धि शून्य, खर्चमात्र
कर्णाली प्रदेशमा मन्त्रालय विभाजन गरेर बनाइएको कान्छो मन्त्रालय अहिलेसम्म उपलब्धिबिहीन अवस्थामा छ । जलस्रोत तथा ऊर्जा मन्त्रालय ६ महिना अघि स्थापना गरिएको भए पनि अहिलेसम्म यो मन्त्रालयले खासै प्रगति गर्न सकेको छैन ।

११. र यो पनि,
राष्ट्रिय जनमोर्चाले लिपुलेक क्षेत्रमा भारतीय पक्षबाट भएको सडक विस्तारको काम राख्न माग गरेको छ । अध्यक्ष चित्रबहादुर केसीले भारतले सडक विस्तारको कार्य अहिले पनि जारी राखेकोमा घोर विरोध गर्दै नेपाल सरकारलाई तुरुन्तै भारतसँग यो विषयमा कुराकानी गर्न तथा निर्माण कार्य रोक्न  माग गरेका हुन् ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप