बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

म्यानमारको ‘मिसेस ग्रान्ड इन्टरनेशनल’ मा नेपालको प्रतिनिधि उर्मिला

सोमबार, २६ पुस २०७८, ११ : ०६
सोमबार, २६ पुस २०७८

म्यानमारको माण्डलेमा आगामी अप्रिलमा आयोजना हुने ‘मिसेस ग्रान्ड इन्टरनेशनल २०२२’ मा नेपालको प्रतिनिधित्व उर्मिला उप्रेती सिलवालले गर्ने भएकी छन् । रिवन इन्टरटेनमेन्टले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै प्रतियोगी सार्वजनिक गरेको हो । कार्यक्रममा उर्मिलालाई ‘मिसेस ग्राण्ड इन्टरनेशनल नेपाल २०२१’ चयन समेत गरिएको छ । 

कार्यक्रममा पूर्व प्रधानसेनापति रुक्माङ्गद कटुवाल, सौन्दर्य प्रतियोगिता संघकी उपाध्यक्ष रमी श्रेष्ठ बज्राचार्य, पत्रकार विदुर गिरी, गायक तथा नेपाल आयल निगमका पूर्व निर्देशक सीताराम पोखरेल र पेजेन्ट निर्देशक निशुकान्त झाले उर्मिलालाई क्राउन तथा स्यास पहिराएका थिए ।

मिसेस ग्राण्ड इन्टरनेशनल नेपालको उपाधि लगाएपछि  उर्मिलाले मिसेस ग्राण्ड इन्टरनेशनमार्फत नेपाललाई विश्वसामु चिनाउन प्रयास गर्ने बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप