शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अब फिल्म हेर्न पनि कोरोनाको खोप कार्ड चाहिने

सोमबार, २६ पुस २०७८, १२ : ०३
सोमबार, २६ पुस २०७८

अब फिल्म हेर्नका लागि पनि कोरोनाको खोप कार्ड चाहिने भएको छ । आइतबार बसेको कोभिड–१९ व्यवस्थापन समितिको बैठकले आगामी माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न कोरोनाको खोप कार्ड अनिवार्य गरेसँगै फिल्म हेर्न पनि कोरोना खोप कार्ड चाहिने भएको हो ।

नेपाल चलचित्र संघका महासचिव अशोक शर्माले फिल्म हेर्न आउने दर्शकले अनिबार्य  कोरोनाको खोप कार्ड देखाउनुपर्ने बताए । ‘कोभिड १९ व्यवस्थापन समितिको बैठकले गरेको निर्णय फिल्म हलमा पनि लागु हुनेछ,’ शर्माले भने ‘त्यो सबैको सुरक्षाका लागि हो । त्यसको अलवा हल हामी हलमा प्रत्येक शोमा स्यानिटाइज समेत गर्नेछौँ ।’ शर्माले कोभिड १९ व्यवस्थापन समितिसँग आफ्नो छलफल समेत भइरहेको र फिल्म हल अहिले बन्द नहुने सुनाए ।
बैठकले सार्वजनिक स्थानहरुमा प्रवेश गर्दा अनिवार्यरुपमा कोभिड भ्याक्सिन लगाएको खोप कार्ड देखाउनुपर्ने निर्णय गरेको छ  । त्यस्तो कार्ड मोबाइलमा खिचेर देखाए पनि हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप