ad
x

रोल्पामा सुनिए समयका १७ कविताहरू

person explore access_timeपुस २६, २०७८ chat_bubble_outline0

सुनिल स्मृति साहित्य महोत्सवको दोस्रो दिन ’समयका कविता शीर्षक’मा १७ कविहरूले कविता वाचन गरेका छन् । प्युठानका घनश्याम अस्तित्वबाट सुरु भएको कविता वाचन रोल्पाका दिलीप कुँवरमा आएर टुङ्गिएको हो । पाल्पाका कवि जनक कार्कीले बिजुलीको खम्बा शीर्षकमा कविता वाचन गरे भने रामेछापका कवि विक्रम पवन परियारले आवाज शीर्षकमा कविता वाचन गरे । 


राजु झल्लु प्रसाद (बिम्ब परिवर्तन गर कवि हो), अर्पण उत्कर्ष (लालसलाम र ताम्सालिङ), प्रेम प्रकाश मायालु (आगो लिन गएकाहरू), सविना भुषाल (मेरी मरियाना,  छोरा जन्माउन कहाँ सजिलो छ र ?), युग सर्वनाम (खोलाको गति), समृद्धि नेपाल (हाम्रो देश बोल्छ), सुशीला सुवेदी (आमा, अझै पनि याद छ मलाई), विपना मगर (कठै मेरो देशको राजनीति), एलबी साथी (सिटामोल), उत्तम लिम्बु  (कन्डम फुटेपछी), मुकुन्द्र खलपात्र (अर्धनग्न सगरमाथा) शीर्षकका कविता वाचन गरेका थिए ।



महोत्सवको मुख्य आकर्षणको रुपमा रहेको यश सेसनमा कविहरूले क्रान्तिको इपिसेन्टर रोल्पाले १० वर्षे जनयुद्धको मर्मलाई बिर्सनु नहुने उद्घोष गरे । अग्रज कविद्वय श्रवण मुकारुङ र श्यामलले युवा कविहरूमा आशलाग्दो तरिकाले कविता लेखिरहेको बताए । समालोचक एवम् पत्रकार राजकुमार बानियाँले युवा कविहरूमा समसामयिक एवम वैश्विक राजनीति चेत देखिएको आफू खुसी भएको बताए । 



कविता वाचनको सेसनमा स्थानीय रोल्पालीहरूको पनि बाक्लो उपस्थिति रहेको थियो भने स्थानीय जनप्रतिनिधिहरू पनि उपस्थित भएका थिए । 









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।