बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

७९औँ गोल्डन ग्लोबमा ‘द पावर अफ द डग’ उत्कृष्ट

सोमबार, २६ पुस २०७८, १५ : ३७
सोमबार, २६ पुस २०७८

७९ औँ गोल्डन ग्लोब अवार्ड आइतबार बाँडिएको छ । कोरोनाको कारण दर्शकको सहभागिता बिना बाँडिएको अवार्ड टिभी तथा इन्टरनेटबाट प्रसारण गरिएको थियो, भने ट्वीटर पेजबाट पनि विजेता सार्वजनिक गरिएको गरियो ।

अवार्डमा ड्रामा तर्फ ‘द पावर अफ द डग’ उत्कृष्ट फिल्म घोषित हुँदा कमेडी तथा म्युजिकल विधामा ‘दि वेस्ट साइड स्टोरी’ उत्कृष्ट ठहरियो । अभिनेता अभिनेत्रीतर्फ विल स्मिथले ‘किङ रिचार्ड : बिइङ दि रिकार्डोस्’ र निकोल किडमेनबाट ड्रामा तर्फको अवार्ड हात पारे । कमेडी तथा म्युजिकलतर्फ ‘टिकटिक बुम’ बाट एन्ड्रयु गार्फिल्ड उत्कृष्ट अभिनेता बने भने वेस्ट साइड स्टोरीबाट रेचल जेग्लर उत्कृष्ट अभिनेत्री बनिन् ।

एनिमेटेड चलचित्रमा एन्कान्टो उत्कृष्ट बन्यो भने जापानको ड्राइभ माई कार विदेशी भाषाको उत्कृष्ट चलचित्र बन्न सफल भयो । जेन क्याम्पियन द पावर अफ द डगबाट उत्कृष्ट निर्देशक बनिन् भने सोही चलचित्रबाट कोडी स्मिट म्याकफी उत्कृष्ट सह–अभिनेता बने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप