ललिता निवास प्रकरण : अनुसन्धान प्रतिवेदन सिआईबीमै फिर्ता

सरकारी वकिल कार्यालयले ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन केन्द्रीय अनुसन्धान विभाग (सिआईबी) लाई फिर्ता पठाइदिएको छ । सो प्रतिवेदन सोमबार सिआईबीलाई फिर्ता गर्ने निर्णय भएको सरकारी वकिल कार्यालयका प्रमुख गंगा पौडेलले जानकारी दिए । उनले थप अनुसन्धान गर्नुपर्ने भएकोले प्रतिवेदन सीआईबीलाई नै फिर्ता पठाइएको जानकारी दिए ।
प्रतिवेदन अदालतमा दर्ता गर्नुपर्ने मंगलबार सम्मको हदम्याद थियो । यद्यपि, मुलुकी ऐनअनुसार मुद्धा चल्ने भएकोले यसको हदम्याद भोलि (मंगलबार) नै नसकिने पौडेलले बताए ।
केन्द्रीय अनुसन्धान ब्यूरोले अध्ययन गरेको बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको अध्ययन प्रतिवेदन बिहीवार ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको थियो । ललिता निवासको सरकारी जग्गालाई किर्ते गरी बेचबिखनमा संलग्न रहेको आरोपमा ब्यूरोले ३ सय जना भन्दा बढीलाई प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन तयार पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नको जवाफ नदिएर प्रधानमन्त्रीले संसद्को अपमान गरे: प्रभु साह
-
‘न्यानो स्पर्श’ मा आकाश र करुणाको रोमान्स
-
कानुन अध्ययनमा आकर्षण : २०७९ को भर्ना २०८१ मा, समाधान के ?
-
योगमायालाई श्रद्धाञ्जली दिन आर्यघाट पुगे कलाकारकर्मी
-
९ महिनामा पर्साबाट साढे ३५ करोड रुपैयाँभन्दा बढीको अवैध सामान बरामद
-
सोमबारदेखि वीरेन्द्रनगरको सिटी हलमा हुँदैछ कर्णाली उत्सव