
ईन्जा ग्रामीण पत्रकारिता पुरस्कारका लागि निवेदन आह्वान

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (ईन्जा)ले हरेक वर्ष दिँदै आएको सामुदायिक पत्रकारिता पुरस्कारको लागि निवेदन माग गरिएको छ । नेपालका विभिन्न जिल्लामा कार्यरत पत्रकारहरुबाट निवेदन आह्वान गरिएको इन्जाले जनाएको छ ।
यसैगरी, इन्जाले हरेक वर्ष दिँदै आएको साहसी पत्रकारिता पुरस्कारका लागि गत वर्ष प्रकाशित, प्रशारित सामग्रीको आधारमा उम्मेदवारको नाम सिफारिस गर्न संचार संस्था र उम्मेद्वारहरुलाई आह्वान गरेको छ । यस वर्षवाट इन्जाले ग्लोवल नेपाली सञ्चार प्रतिष्ठानको अवधारणाअनुसार सञ्चारमा परिस्कृत र वौद्धिक जनशक्ति आकर्षित गर्न पत्रकारिता वौद्धिक सोधवृत्ति पुरस्कारको पनि स्थापना गरेको छ ।
नेपालबाट सन् ६० कै दशकदेखि अमेरिकामा मुख्यालय रहेको विश्व मुद्रा कोषको नीति निर्माता बन्न सफल अर्थ विज्ञ स्व.डा.सुखदेव साहको स्मृतिमा सो पुरस्कार नेपालमा पत्रकारितामा एमफिल, पिएचडी सोधपत्र वा सोही स्तरका एकेडेमिक तहमा काम गरिरहेकाहरुलाई सोध वृत्तिको रुपमा दिइन्छ । यी पुरस्कारको राशी हरेक विधामा १ हजार अमेरिकी डलर रहेको छ ।
साहसी पत्रकारिता पुरस्कार र सामुदायिक पत्रकारिता पुरस्कारका लागि प्रतिष्पर्धामा सहभागी हुन वा सिफारिश गर्न इच्छुक पत्रकारहरुले सन् २०२१ भरी प्रकाशित प्रसारित समाचारहरूको लिंक वा भिजुअलप्रति इञ्जाको अफिसियल इमेल [email protected] मा फेब्रुअरी १० सम्म पठाउनुपर्छ । पुरस्कार आगामी मार्च १ मा काठमाडौंमा आयोजना हुने ईन्जा डे समारोहमा प्रदान गरिने ईन्जा मुख्यालयले जनाएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ