ad
x

विश्वमा नयाँ कोरोना : यसले ज्यान लिन डेल्टाबाट सिक्यो र फैलन ओमिक्रोनबाट – नाम हो डेल्टाक्रोन

person explore access_timeपुस २७, २०७८ chat_bubble_outline0

 


संसारमा नयाँ भेरियन्ट ओमिक्रोनका कारण आइरहेको कोरोना सुनामीका बीच अब अर्को नयाँ कोरोनाको भेरियन्ट फेला परेको बताइएको छ । साइप्रसका वैज्ञानिकले आफ्नो देशमा डेल्टा र ओमिक्रोन भेरियन्ट मिलेर बनेको कोरोनाभाइरसको एउटा नयाँ स्टे«न भेटिएको दाबी गरेका छन् । ओमिक्रोनका कारण जनवरीको पहिलो हप्तामा संसारभरी कोरोनाको सर्वाधिक संक्रमित भेटिएका छन् । यस्तोमा अर्को एउटा नयाँ स्ट्रेनले कोरोनाको विषयमा संसारको तनाव थप बढाएको छ ।



के हो कोरोनाको नयाँ स्ट्रेन ‘डेल्टाक्रोन’ ?



कोरोनाभाइरसको एउटा नयाँ स्ट्रेन पाइएको छ जसको विषयमा अनुसन्धाताले यसमा डेल्टा र ओमिक्रोनका दुबै भेरियन्टको लक्षण भएको दाबी गरेका छन् । यसलाई युनिभर्सिटी अफ साइप्रसका अनुसन्धनकर्ताले ‘डेल्टाक्रोन’ नाम दिएका छन् ।



कसले गरे कोरोनाको नयाँ स्ट्रेनको खोजी ?



कोरोनाको नयाँ स्ट्रेन डेल्टाक्रोनको खोज युनिभर्सिटी अफ साइप्रसको ल्याबोरेटरी अफ बायोटेक्नोलोजी एन्ड मोलिक्यूलर भाइरोलोजीका हेड तथा बायोलोजिकल साइन्सेजका प्राध्यापक लियोनडिओस कोस्त्रिकिसको नेतृत्व रहेको समूहले गरेको हो ।



नयाँ स्ट्रेन डेल्टाक्रोनको विषयमा प्राध्यापक कोस्त्रिकिसले भने, ‘यो ओमिक्रोन र डेल्टाको को–इन्फेक्सन हो र हामीले जुन स्ट्रेन पाएका छौँ त्यसमा यी दुबैको सम्मिश्रण छ । यो खोजलाई डेल्टाक्रोन नाम दिइएको छ किनभने डेल्टा जिनोमभित्र ओमिक्रोनजस्तो जेनेटिक लक्षण भेटिएको छ ।’



डेल्टाक्रोनद्वारा कति संक्रमित ?

अनुसन्धाताका अनुसार साइप्रसमा हालसम्म २५ जनामा कोरोनाको नयाँ स्ट्रेन डेल्टाक्रोन पाइएको छ । प्राध्यापक कोस्त्रिकिसले साइप्रसमा नयाँ स्ट्रेनद्वारा संक्रमित २५ जनामध्ये ११ जना अस्पताल भर्ना भएको जानकारी दिए ।

डेल्टाक्रोन स्ट्रेनले कति खतरा ?

कोरोनाको नयाँ स्ट्रेन डेल्टाक्रोन यस्तो समयमा पाइएको छ जब ओमिक्रोनका कारण संसारभरी कोरोना संक्रमितको संख्यामा अत्यधिक वृद्धि भइरहेको छ । यस्तो समयमा अर्को एउटा कोरोनाको स्ट्रेनले निश्चित रुपमा अर्को विपत निम्त्याए सरह हो ।

यद्यपि, यो नयाँ स्ट्रेनबारे अनुसन्धान सुरुवाती चरणमा छ । साइप्रसले ७ जनवरीमा नै डेल्टाक्रोन भेरियन्ट भेटिएका २५ जनाको स्याम्पल थप अनुसन्धानका लागि GISAID लाई पठाएको छ । GISAID​ इन्फ्लूएन्जा र कोरोना भाइरसमा परिवर्तन्को ट्र्याक गर्ने अन्तर्राष्ट्रिय डाटाबेस हो ।

साइप्रसका प्राध्यापक कोस्त्रिकिसले डेल्टाक्रोनको खतराको विषयमा जानकारी दिँदै भने, ‘यो स्ट्रेनले धेरैलाई संक्रमित गर्छ वा यो धेरै संक्रामक छ अथवा यो डेल्टा र ओमिक्रोनभन्दा बढी आक्रामक होला भन्नेबारे सटिक जानकारी भविष्यमा पत्ता लाग्नेछ ।’

डब्ल्यूएचओले डेल्टाक्रोनबारे के भन्यो ?

विश्व स्वास्थ्य संगठन कोरोनाभाइरसको हरेक नयाँ भेरियन्टमाथि निगरानी राखिरहेको छ र त्यसको गम्भीरताको हिसाबले उसको श्रेणी निर्धारित गर्ने गर्छ । जस्तै डेल्टा र ओमिक्रोनलाई डब्ल्यूएचओले ‘भेरियन्ट अफ कन्सर्न’ घोषित गरेको छ अर्थात् यी दुबै भेरियन्ट चिन्ताजनक श्रेणीमा छ ।

साइप्रसमा पाइएको डेल्टाक्रोनबारे डब्ल्यूएचओले हालसम्म केही भनेको छैन । अर्थात्, साइप्रसका अनुसन्धाताल डेल्टाक्रोन नाम दिएको स्ट्रेनबारे कुनै आधिकारिक बयान भने दिएको छैन ।

डेल्टाक्रोनको विषयमा उठिरहेका छन् प्रश्न, साइप्रसका विज्ञले दिए जवाफ

– केही विशेषज्ञले साइप्रसका वैज्ञानिकले डेल्टाक्रोन भेरियन्ट भेटिएको दाबीमाथि प्रश्न उठाएका छन् ।

– लण्डनस्थित इन्पेरियल कलेज अफ भाइरोलोजिस्ट टम पिककले डेल्टाक्रोन प्रयोगशालामा भएको प्राविधिक गल्ती भएको बताउँदै यो नयाँ स्ट्रेन नभएको दाबी गरे ।

– उनले भने, ‘कुनै नयाँ भेरियन्टसँग मिलेर नयाँ भेरियन्टको निर्माण गर्नका लागि ओमिक्रोन अहिले नै यति ठूलो जनसंख्यामा फैलिसकेको छैन ।’

– उनले थपे, ‘ओमिक्रोन फैलिएको केही हप्ता मात्रै भएको छ त्यसैले कुनै अन्य भेरियन्टको सम्मिश्रणसँग मिलेर नयाँ भेरियन्ट बन्न सक्ने सम्भावना निकै न्यून छ ।’

– यस्तै, डेल्टाक्रोनको खोजी गर्ने समूहका प्रमुख साइप्रसका प्राध्यापक लियानडिओस कोस्त्रिकिसले डेल्टाक्रोन ‘ल्याब इरर’ नभएको दाबी गरेका छन् ।

– उनले यसबारे थप जानकारी दिँदै भने, ‘डेल्टाक्रोनको स्याम्पल एकभन्दा बढी देशमा जिनोम सिक्वेन्सिङ गरिएको छ र ग्लोबल डाटाबेसमा इजराइलमा जम्मा गरिएको कम्तीमा एक सिक्वेन्समा डेल्टाक्रोनको जेनेटिक गुण देखिएको थियो ।’

दैनिक भास्कर

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।