शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘ओ सजन’ गीतमा पल र कविताको प्रेम

मङ्गलबार, २७ पुस २०७८, १२ : ११
मङ्गलबार, २७ पुस २०७८

 अभिनेता पल शाह र मोडल कविता राय अभिनित गीत ‘ओ सजन’ सार्वजनिक भएको छ । थारु भाषामा आफ्नो प्रिय मान्छे एवम् प्रेमी/प्रेमिकालाई ‘ओ सजन’ भनेर सम्बोधन गर्ने गरिन्छ । त्यही थिमबाट  यो गीत बनेको हो ।
गीतमा गायक नरेश जोगी, गायिकाद्वय अनु चौधरी र सोनु कुश्मीको स्वर तथा नरेश जोगीकै शब्द, संगीत छ ।

गीतको भिडियोमा पल र कविताको अलवा कृष्ण जोशी, जुरी ठाकुल, विद्या कार्की, लोकेन्द्र राजचौधरीको पनि अभिनय देख्न सकिन्छ । विक्रम चौहानको निर्देशन र कोरियोग्राफी रहेको भिडियो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप