बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘किन मायामा’ मा वर्षाको इन्ट्री

मङ्गलबार, २७ पुस २०७८, १२ : ३९
मङ्गलबार, २७ पुस २०७८

अभिनेत्री वर्षा राउत टिभी सिरिज ‘किन मायामा’ मा अनुबन्धित भएकी छन् । असिम शाहले निर्देशन गर्न लागेको सिरिजको मुख्य भूमिकाको लागि उनी अनुबन्धित भएकी हुन् । सिरिजमा आसिफ शाहको पनि मुख्य भूमिका रहनेछ ।
सामाजिक र पारिवारिक कथावस्तुमा निर्माण यो सिरिज जी–ट्वान्टी वान डिजिटल र कान्तिपुर टेलिभिजनले सहकार्यमा निर्माण गर्न लागेको हो । सिरिजका अन्य कलाकार भने फाइनल हुन बाँकी छ । 

१३ एपिसोडमा बन्ने सिरिजको छायाकन अहिलेको कोरोनाभाइरस महमारीको अवस्थामा केही सुधार आएपछि हुने निर्माण युनिटले जनाएको छ ।
पछिल्लो समय सोसल र फेमिली ड्रामा हेर्न हामी भारतीय टेलिभिजनमा निर्भर हुन् पर्ने बाध्यता रहेकोले दर्शकलाई राम्रो सिरिज दिन ‘किन मायामा’ निर्माण गर्न लागिएको निर्देशक शाहले बताए । ‘किन मायामा’ ले श्रीमान् श्रीमती बीचको प्रेम र उतारचढाव गहिरिएर देखाउने शाहको भनाइ छ । अभिनेत्री वर्षा पछिल्लो समय फिल्म ‘लाखे’ को सुटिङमा छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप