प्रदेशिक सञ्चार प्रतिष्ठान खारेज गर्ने प्रदेश सरकारको निर्णय उच्च अदालतबाट सदर

प्रदेश १ सरकारले प्रादेशिक सञ्चार प्रतिष्ठान खारेज गरेको विषयलाई उच्च अदालत विराटनगरले सदर गरेको छ । अदालतका मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले प्रदेश सरकारको प्रतिष्ठान खारेजीको निर्णयलाई सदर गरेको हो ।
अदालतका सूचना अधिकारी ओम सुवेदीले प्रतिष्ठान खारेजी विरुद्ध परेको रिटमाथिको सुनुवाइपछि मंगलबार प्रतिष्ठान खारेज गर्ने सरकारको निर्णयलाई सदर गर्ने आदेश दिइएको जानकारी दिए ।
पाँच दलीय गठबन्धन सरकारले गत मंसिर ९ गते प्रादेशिक सञ्चार प्रतिष्ठान खारेज गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषदको बैठकले प्रतिष्ठान खारेज गर्ने निर्णय गरेपछि त्यसका विरुद्ध प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्माले उच्च अदालतमा रिट निवेदन दिएका थिए ।
अदालतले प्रदेश सरकारको निर्णय सदर गरेसँगै कार्यकारी निर्देशक शर्माको पद पनि गुमेको छ । तत्कालीन मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले २०७७ पुस ६ गते शर्मालाई चार वर्षका लागि प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नको जवाफ नदिएर प्रधानमन्त्रीले संसद्को अपमान गरे: प्रभु साह
-
‘न्यानो स्पर्श’ मा आकाश र करुणाको रोमान्स
-
कानुन अध्ययनमा आकर्षण : २०७९ को भर्ना २०८१ मा, समाधान के ?
-
योगमायालाई श्रद्धाञ्जली दिन आर्यघाट पुगे कलाकारकर्मी
-
९ महिनामा पर्साबाट साढे ३५ करोड रुपैयाँभन्दा बढीको अवैध सामान बरामद
-
सोमबारदेखि वीरेन्द्रनगरको सिटी हलमा हुँदैछ कर्णाली उत्सव