शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुदूरपश्चिम : थप २५४ जनामा सङ्क्रमण

बुधबार, २८ पुस २०७८, २० : ५३
बुधबार, २८ पुस २०७८

सुदूरपश्चिम प्रदेशमा आज थप २५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ७३५ जनाको नमूना परीक्षण गर्दा २५४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  

पीसीआरमार्फत ६३ र एन्टिजेनमार्फत १९१ जनामा पुष्टि भएको हो । पीसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा ४५, महाकाली अस्पतालमा १८ र एन्टिजेनमार्फत कञ्चनपुरका ११३, कैलालीका ६५, दार्चुलाका पाँच, डोटीका चार, बाजुराका दुई, डडेल्धुरा र बैतडीका एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।  

यस्तै गएको २४ घण्टामा प्रदेशभर छ जना निको भएका छन् । सो अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि मङ्गलबार यस प्रदेशमा १९४ जनामा सङ्क्रमण पुष्टि हुँदा पाँच जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१४ जनाको ज्यान गइसकेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप