बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भीम रावलको गृहजिल्लामा ओली पक्षका बोहरा बने अध्यक्ष

बिहीबार, २९ पुस २०७८, ०८ : २२
बिहीबार, २९ पुस २०७८

नेकपा (एमाले) अछामको अध्यक्षमा चन्द्रबहादुर बोहरा  वियजी भएका छन् । अध्यक्ष केपी शर्मा ओली उम्मेदवार बोहोराले नेता भीम रावल पक्षका उम्मेदवार प्रकाशबहादुर शाहलाई पराजित गरेका हुन् ।

खसेको ७५० मतमा बोहराले ४३१ मत ल्याएर जित हात पार्दा शाहले ३०७ मत मात्र पाए । बोहरा शाह  प्यानल नै बनाएर निर्वाचन प्रक्रियामा सहभागी भएका थिए । उपाध्यक्षमा शाह प्यानलका उपाध्यक्ष बलबहादुर कुँवर विजयी भएका छन् । सचिवमा पनि शाह पक्षकै भीमबहादुर रावल (कालोटोपी) विजयी भएका छन् ।

दुई उपसचिवको पदमा सात जनाको उम्मेदवारी परेकोमा बोहरा पक्षका डम्बर वीसी र शाह पक्षका प्रेम महर विजयी भएका छन् । निर्वाचनमा विजयी हुने पदाधिकारी मध्येमा संघीय निर्वाचन क्षेत्र १ मा एक उपसचिव बाहेक सबै क्षेत्र नं. २ का रहेका छन् । रावलको निर्वाचन क्षेत्र १ बाट एक जनामा मात्र पदाधिकारी निर्वाचित भएका छन् ।

भूगोल (स्थानीय तह), महिला, दलित, अल्पसं ख्यक, जनजाति र अपांगको मतगणना जारी रहेको निर्वाचन समितिले जानकारी दिएको छ । एमाले अछाममा अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवमा पाँच पदाधिकारीसहित एकसय ५ जना निर्वाचित हुनेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप