शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हावामा २० मिनेटभित्र ९० प्रतिशत कमजोर हुन्छ कोरोना भाइरस, फोक्सोमा यसकारण रहन्छ जिवित

बिहीबार, २९ पुस २०७८, ०९ : २५
बिहीबार, २९ पुस २०७८

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या बढिरहेको समयमा भाइरसको बारेमा नयाँ अध्ययन गरिएको छ । नयाँ अध्ययनका अनुसार हावाको सम्पर्कमा आएको २० मिनेटपछि कोरोना भाइरस ९० प्रतिशतसम्म कमजोर हुन्छ । साथै, ५ सेकेण्डमा नै भाइरसको आधा शक्ति गुमाइसकेको हुन्छ । हावामा गिलोपना कम हुने र कार्बनडाइअक्साइडको कमी हुने भएकाले भाइरस धेरैसमय जिवित रहन सक्दैन । 

कसरी फैलिन्छ कोरोना संक्रमण ?
कोरोना संक्रमण हावामार्फत फैलिन्छ । वैज्ञानिकका अनुसार हावा तरल हुन्छ । यसमा विभिन्न प्रकारका कणहरु हुन्छ । जुन समयसँगै वातावरणमा फैलिन्छ । कोरोना भाइरस पनि हावामा फैलिन सक्षम हुन्छ । जब कुनै संक्रमित व्यक्ति खोक्छ वा हाँछ्युँ गर्छ उक्त भाइरस हावामा फैलिन्छ । त्यहाँ नजिकै बस्नेहरुमा हावामार्फत कोरोना सर्छ । 

हावामा आउनेवित्तिकै भाइरस कमजोर किन हुन्छ ? 
अध्ययनका अनुसार हावामा भाइरसको कणहरु सुख्खा हुन्छन् । हावामा कार्बनडाइअक्साइडको कमि हुने भएकाले भाइरसको पिएच लेभल बढ्छ । यो दुवै चिजको कारण भाइरसले केही मिनेटमा नै फैलिने क्षमता गुमाइसकेको हुन्छ । 

शरीरमा हुने गिलोपनका कारण जिवित रहन्छ भाइरस 
वैज्ञानिकहरुले शरीरमा हुने गिलोपनाका कारण भाइरस जिवित रहने दाबी गरेका छन् । र, शरीरभित्र कार्बनडाइअक्साइड पनि हुने भएकाले धेरै समय जिवित रहने वैज्ञानिकहरुले बताएका छन् । फोक्सोमा कार्बनडाइअक्साइड पनि हुने र गिलोपन पनि हुने भएकाले शरीरलाई यो भाइरसले सजिल्यै छोड्दैन । 

अफिस वा सार्वजनिक स्थानमा ५ सेकेण्डमा ५० प्रतिशत कमजोर
रिसर्चका अनुसार अफिस जस्ता ठाउँको वातावरणमा गिलोपन नहुने भएकाले ५० प्रतिशत भाइरस कम हुन्छ । जहाँ ५ सेकेण्डमा नै भाइरसले ५० प्रतिशत संक्रमण फैलाउने क्षमता गुमाएको हुन्छ । स्टिम रुम र बाथरुममा गिलोपन हुने भएकाले भाइरस लामो समय जिवित रहन्छ । दुवै परिस्थितिमा २० मिनेटमा ९० प्रतिशत कमजोर भइसकेको हुन्छ । 

मास्क र सामाजिक दूरी आवश्यक 
अध्ययनका अनुसार भाइरसको संक्रमण फैलाउने क्षमता हावामा आएको केही मिनेटमा नै सकिन्छ । यस्तो अवस्थामा मास्क र सामाजिक दूरीले संक्रमण फैलाउन कम गर्न सक्छ । 

द गार्जियनको रिपोर्टमा उल्लेख भए अनुसार अध्ययनमा संलग्न वैज्ञानिक जोनाथन रीडले संक्रमण संक्रमित व्यक्तिको धेरै नजिक भएमा धेरै फैलने बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप