शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

द भ्वाइस प्रतियोगी सुदिताको गीत ‘ओके छ त’ सार्वजनिक

बिहीबार, २९ पुस २०७८, १० : ०५
बिहीबार, २९ पुस २०७८

'द भ्वाइस अफ नेपाल सिजन-३' की प्रतिस्पर्धी सुदिता राई र गायक विजय शंखरको युगल स्वर रहेको गीत ‘ओके छ त’ सार्वजनिक भएको छ । युवाको प्रेम र आकर्षणका शब्द ब्यक्त गरिएको गीतमा विजय शंखर र मुनाल शिशिर कोइरालाको शब्द छ । 

दीपकराज बिश्वकर्माको संगीत रहेको गीतमा कुशल सिंहले संगीत संयोजन गरेका छन् । गीतको भिडियो गोदावरीका आकर्षक लोकेशनमा छायांकन भएको छ । 

सुधिर श्रेष्ठ र सुनिशा बजगाई रोमान्स रहेको भिडियोमा उत्तम हुमागाईको छायांकन, शिलन लम्सालको सम्पादन, सुरेन्द्र बसेलको कोरियोग्राफी छ । भिडियोमो निर्देशन मुनाल शिशिर कोइरालाले गरेका हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप