
‘यो मुटु त तिम्रै हो’ मार्फत प्रेम परियारको ‘कमब्याक’
गायक प्रेम परियार गायनमा फर्किएका छन् । ‘मर्ने कसैलाई रहर हुँदैन’ गीतबाट गायन सुरु गरेर एक समय चर्चा रहन सफल परियार विगत ५ बर्षदेखि गायन संगीत क्षेत्र बाहिर रहदै आएका थिए ।
‘यो मुटु त तिम्रै हो’ गीत मार्फत परियारले अहिले गायनमा कमब्याक गरेका छन् । गीतमा बिष्णु निरौलाको शब्द, राजेश थापाको संगीत छ ।
राजु कार्कीको एरेन्ज रहेको गीतको म्युजिक भिडियो पनि बनेको छ । जसमा डोमा क्षेत्री, सुप्रिया खनाल र प्रिया रानी लामाको अभिनय रहेको छ ।
सागर प्रधानको छायाँकन र साहिल लम्सालको सम्पादन रहेको भिडियो मुनाल शिशिर कोइरालाले निर्देशन गरेका हुन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ