प्रिमियर इन्स्योरेन्सले १४ प्रतिशत बोनस सेयर दिने
बिहीबार, २९ पुस २०७८, १४ : ४७

प्रिमियर इन्स्योरेन्सले लाभांश संशोधन गरेको छ । कम्पनीले यसअघि गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्तालाई ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
लाभांश संशोधन गरेर कम्पनीले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने भएको छ । बीमा समितिले नगद लाभांशमा कडाइ गरेपछि इन्स्योरेन्सले बोनस सेयर दिने भएको हो ।
कम्पनीको सञ्चालक समितिको बैठकले गरेको प्रस्ताव आगामी वार्षिक साधारण सभाले पारित र बीमा समितिले पास गरेपछि मात्रै वितरण हुने छ । कम्पनीले माघ २१ गते आफ्नो २८औं साधारणसभा आह्वान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘वसन्त’ फिल्मबारे के भन्छन् प्रकाश र स्वस्तिमा ?
-
सबैको सहमतिमा संविधान संशोधन हुन्छ : गृहमन्त्री लेखक
-
कुलमानको पक्षमा इटहरीमा प्रदर्शन
-
कान्तिपुर फिल्म एकेडेमीले ओटीटीपछि सुरु गर्यो नाटक घर
-
राजावादीको प्रदर्शन स्थगित भएको सूचना फैलिएपछि...
-
कुलमान प्रकरण : विपक्षीको सदन अवरोधले प्रतिस्थापन विधेयक अफ्ठयारोमा