शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सामसङको ग्यालेक्सी एस२१ एफई ५जी सार्वजनिक

बिहीबार, २९ पुस २०७८, १५ : ४७
बिहीबार, २९ पुस २०७८

सामसङले ग्यालेक्सी उत्पादन एस२१ एफर्ई ५जी स्मार्टफोन सार्वजनिक गरेको छ । नयनाभिराम डिजाइन, शक्तिशाली कार्यक्षमता, प्रो–श्रेणीको क्यामरा र कठिनाइरहित इकोसिस्टम सम्पर्क क्षमतायुक्त सेट सार्वजनिक गरिएको सामसङले जानकारी दिएको छ ।

एस२१ एफई ५जीले यसअघि सार्वजनिक ग्यालेक्सी एस२० एफईकै विरासतलाई अघि बढाएको कम्पनीको दाबी छ । तीनवटा क्यामेरा, ६.४ इन्चको एफएचडी एमोलेड डिस्प्ले र १२० हर्ज रिफ्रेसरेट भएको सेटले युवा ग्राहकहरूलाई आकर्षित गर्ने सामसङ मोबाइल नेपालका व्यापार प्रमुख प्रणयरत्न स्थापितले बताए ।

उच्च श्रेणीको क्यामरा
ग्यालेक्सी एस२१ एफई ५जीमा तीनवटा क्यामरा जडान गरिएको छ । यसको पृष्ठ भागमा उच्चतम श्रेणीको १२ मेगापिक्सेल (यूडब्ल्यू) +१२ मेगापिक्सेल (डब्ल्यू) +८ मेगापिक्सेल (टेलि) क्यामरा रहेका छन् । यी क्यामेराबाट चहकिलो एवम् अद्भूत फोटोहरू खिच्न सकिने कम्पनीले दाबी गरेको छ ।

अल्ट्रा वाइड लेन्सले सविस्तार सबैलाई एउटै फ्रेममा समेट्ने तथा अघिल्लो भागको ३२ मेगापिक्सेल क्षमतायुक्त क्यामराको सहायताले अद्भूत सेल्फी खिच्न सकिने पनि सामसङले उल्लेख गरेको छ । प्रो–श्रेणीको क्यामरा प्रणालीमा दोहोरो रेकर्डिङ्ग, पोर्टे«ट मोड, विस्तारित नाइटमोड र ३० गुणासम्म जुम सुविधा रहेका छन् ।

उच्च श्रेणीको पावरहाउस
यसमा ६.४ इन्चको एफएचडी प्लस डाइनामिक एमोलेड २एक्स डिस्प्ले रहेको छ । जसको रिफ्रेसरेट १२० हर्ज र टच स्याम्प्लिङरेट २४० हर्ज छ । कृत्रिम वौद्धिकतामा आधारित ब्ल्यूलाइट नियन्त्रणका कारण स्क्रीन हेर्दा आँखा नबिझाउने पनि उत्पादक कम्पनीको दाबी छ ।

यस्तै ५एनएम एक्जिनस २१०० प्रोसेसर र ४५०० एमएएच ब्याट्री भएको ग्यालेक्सी एस२१ एफई ५जीले अधिकतम उच्च गति र निर्वाध कार्यक्षमता सुनिश्चितता प्रदान गर्दछ । आइपी ६८ रेटिङ्गले स्मार्टफोनलाई धुलो र पानी प्रतिरोधक बनाएको छ । दिनभर चल्ने ब्याट्री, ५जी र वाइफाइ६ सम्पर्क क्षमताका साथ उच्चतम शक्ति, गति र कार्य क्षमतासहित उपलब्ध रहेको जनाइएको छ ।

यो सेट ग्राफाइट, लाभेन्डर र अलीभ गरी तीन रङमा उपलब्ध छ । ग्राहकहरूले ग्यालेक्सी एस२१ एफई ५जीको ८+२५६ जीबी भेरियन्टलाई ८९ हजार ९९९ रुपैयाँमा खरिद गर्न सक्नेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप