शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हरिवंशको ‘कर्कलो कोक्याउला’ सार्वजनिक

बिहीबार, २९ पुस २०७८, १६ : ५५
बिहीबार, २९ पुस २०७८

वरिष्ठ कलाकार हरिवंश आचार्यको स्वर, शब्द र संगीतमा रहेको नयाँ गीत ‘कर्कलो कोक्याउला’ सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमको बीच गीत सार्वजनिक गरिएको हो ।

गीत गायनमा हरिवंशलाई गायिका समिक्षा अधिकारीले साथ दिएकी छन् भने किरण तुलाधरको एरेन्ज रहेको छ । कार्यक्रममा गीतको भिडियो समेत देखाइएको थियो । भिडियोमा हरिवंश आचार्यको अलवा स्वस्तिमा खड्का, महेश त्रिपाठी, नविन लम्साल र घनश्याम पाण्डेको अभिनय समेटिएको छ । 

भिडियोको निर्देशन मानव सुवेदीले गरेका हुन् । भिडियोले नेपाली चेलीलाई फकाएर विदेशमा लगेर कसरी बेचिन्छ भन्ने देखाउन खोजिएको छ । गीति नाटक शैलीमा निर्माण भएको गीतको भिडियोमा हरिवंश र स्वस्तिमाको अभिनय जिवन्त छ । 

काभ्रे र दक्षिणकालीका बिभिन्न स्थानमा छायांकन भएको भिडियो सुशील सापकोटाले खिचेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप