
रौतहटमा लागुऔषधसहित एक किशोर पक्राउ

रौतहटमा प्रहरीले एक युवकलाई लागुऔषध सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका ५ थलहिका वर्ष २० का सुमन विश्वकर्मा रहेको रौतहट प्रहरी प्रमुख एसपी विनोद घिमिरेले बताएका छन् । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार पक्राउ गरेको हो।
विश्वकर्माको साथबाट डाईजेल्याब इन्जेक्सन ३८ एमपुल, नर्फिन इन्जेक्सन ३६ एम्पुल, फेनरगन इन्जेक्सन को ३९ एम्पुल र निटराजिपाम १० एमजी ३२ टेबलेट लागू औषध बरामद भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी लिलाराज लामिछानेले बताए ।
विश्वकर्मामाथि थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरले जनाएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ