मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

हाइपरसोनिक मिसाइल किन हुन्छ खतरनाक ?

बिहीबार, २९ पुस २०७८, १७ : ३१
बिहीबार, २९ पुस २०७८

उत्तर कोरियाले देशका सर्वोच्च नेता किम जोङ उनको निगरानीमा देशले अर्को एउटा हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको जानकारी दिएको छ ।

उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएका अनुसार मिसाइलको परीक्षण मंगलबार गरिएको थियो । मिसाइलले १००० किलोमीटर टाढासम्मको सटीक लक्ष्य पुरा गरेको थियो । यो आफ्नै  लक्ष्यमै झरेको बताइएको छ ।

पछि केसीएनएले यो एक हाइपरसोनिक मिसाइल  भएको बताएको छ । यो तीव्र दरमा मार हान्न सक्षम रहेको उत्तर कोरियाले जनाएको छ ।

उत्तर कोरियाले तेस्रो पटक यस्तो मिसाइलको परीक्षण गरेको छ जुन ब्यालेस्टिक मिसाइलको तुलनामा राडारको पहिचानमा आउनबाट बच्न सक्छ ।

किम जोङ उनले नयाँ वर्षको अवसरमा दिएको भाषणपछि एकै साताभित्र देशले दुईवटा मिसाइल परीक्षण गरेको छ ।

गत वर्षको नोभेम्बरमा चीनको आकाशमा  अत्यन्त तीव्र गतिबाट रकेट जस्तो कुनै वस्तु उडेको देखियो । लगभग पुरै पृथ्वीलाई फेरो लगाएपछि यो आफ्नो लक्ष्यको ४० किलोमीटर वर नै झरेको थियो ।

जानकारहरुलाई विश्वास गर्ने हो भने यो नयाँ किसिमको हाइपरसोनिक मिसाइल थियो । यद्यपि चीनले यसलाई अस्वीकार गरेको छ ।

तर यो साँचो हो कि आवाजको गतीभन्दा कयौँ गुुणा तीब्र गतिमा चल्ने मिसाइलहरु अमेरिका, चीन र रुसबीच हतियारको रेसको कारण बनिसकेको छ । अब यो रेसमा उत्तर कोरिया पनि समावेश भएको छ ।

यसै सन्दर्भमा हाइपरसोनिक मिसाइल के हो र यो हाम्रा लागि किन सबैभन्दा चिन्ताको विषय बन्न सक्छ भन्नेबारे जानकारी लिऔँ ।

रकेट साइन्सः

डाक्टर गुस्ताव ग्रेसल अस्ट्रियाका रक्षा मन्त्रालयमा काम गरिसकेका छन् र विदेशी मामिलाका युरोपेली परिषदका सिनियर पोलिसी फेलो हुन् ।

उनी भन्छन्, ‘यु्द्धको इतिहास जत्तिको पुरानो छ, त्यत्तिकै पुरानो छ हावामा वस्तुु पठाएर हमला गर्नुु ।   पहिलेको समयमा ढुंगा वा फलामको गोला फ्याक्न विशाल गुुलेली र तोप जस्ता हतियार हुन्थे ।

इन्जिनको प्रयोग गरेर वस्तुलाई अझै टाढासम्म फ्याँक्ने इच्छाले मिसाइल प्रविधिलाई जन्म दियो । सन्

१९३० को दशकमा यो प्रविधिलाई जर्मनीले अझै राम्रो बनायो । ’

ग्रेसल भन्छन्, ‘जर्मनीको आइश्क्वेयर सेनाको समयमा रकेट वा मिसाइल प्रविधि विकसित गर्ने विषयमा ध्यान गयो । यसका लागि उसले हजारौँ वैज्ञानिक जम्मा ग¥यो र यस प्रविधिसँग जोडिएको इन्जिनियरिङको धेरैजसो समस्यालाई छिचोल्यो ।’

प्रथम विश्व युद्धको अन्त्यमा भएको वार्सा सन्धीले जर्मनीलाई वायु सेना राख्ने र सैन्य प्रविधि विकसित गर्न प्रतिबन्ध लगायो । तर रकेट प्रविधिको बारेमा यसमा  केही गरिएन । किनकी यो प्रविधि उक्त समयमा विकसित गरिएको थिएन ।

जर्मनीले यसमा काम सुरु ग¥यो र दोस्रो विश्वयुद्ध समाप्त भएपछि नयाँ हतियार बनायो ।

जहाँ पीन नदी बाल्टिक सागरसँग मिल्छ यसैको आडमा पीनम्युन्डे नामको एउटा स्थानमा जर्मनीले विश्वकै पहिलो सबैभन्दा ठूलो र आधुनिक हतियार अनुसन्धान केन्द्र बनायो । यो स्थानमा उसले ४०० किलोमिटरको परीक्षण क्षेत्र पाएको थियो ।

ग्रेसल भन्छन्, ‘जर्मनीले दुई अत्यन्त फरक तरिकाले अनुसन्धान कार्यक्रम चलायो । बी–१ र बी–२ जस अनुसार कम दुरीका र अधिक दुरीका मिसाइल बनाइयो । दुवै एक अर्कासँग विलकुल फरक तरिकाका हतियार थिए ।

यसलाई वेन्जिएन्स वेपन अर्थात् बदलाको हतियार भनियो । वी–१ जेट इन्जिनको माध्यमबाट टाढासम्म प्रहार गर्न सकिन्थ्यो । यसबाट बम प्रहार गर्न सकिन्थ्यो । यसलाई क्रुज मिसाइलको पूर्वज भन्न सकिन्थ्यो । यसैगरी आवाजको गती भएको वी–२ लामो दुरीसम्म मार हान्न सकिने मिसाइल थियो ।

यद्यपि, दुवैमा त्रुटि थियो । वी–१ छिट्टै तातेर बाटो भुल्थ्यो भने वी–२ पनि समस्याका कारण हिटलरले अमेरिकाविरुद्ध यसको प्रयोग गर्न सकेनन् ।

युद्धको समयमा जर्मनीले लन्डन, एन्टवर्प र पेरिसमा मिसाइल हमला गर्यो । तर यसले युद्धको दिशा भने फेरिएन । पछि यो परियोजनामा काम गर्ने वैज्ञानिक हतियार अनुसन्धान र स्पेस मिसनमा काम गर्नका लागि अमेरिका र सोभियत संघ गए । दुबै मुलुकले आफ्नो सेनाको शक्ति बढाउन मिसाइल प्रविधिलाई अझै परिमार्जन गर्ने काम गरे ।

हाइपरसोनिक मिसाइल

जर्मनीका यी हतियार आजसम्म क्रुज र ब्यालेस्टिक मिसाइलको नामले चिनिँदै आएका छन् । क्रुज मिसाइलले पृथ्वीको सतह भन्दा थोरै मात्र  माथि उठेर कम दुरीसम्म मात्रै मार हान्न सक्छ । जबकी ब्यालेस्टिक मिसाइल वायुमण्डलबाट बाहिर जान्छ । हजारौँ किलोमिटर टाढासम्म मार हान्न सक्छ ।

डाक्टर लारा गेग्रो म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा रिसर्च फेलो हुन् ।

उनका अनुसार सटिक निशाना लगाउने र दुश्मनको आँखाबाट लुक्नका लागि हावामै आफ्नो चाललाई नियन्त्रण गर्न सक्ने क्षमता मिसाइलका लागि जरुरी छ । आधुनिक हाइपरसोनिक मिसाइल यस्तो गर्नमा सक्षम हुन्छन् ।

उनी भन्छिन्, ‘एरोडाइनामिक फोर्सको प्रयोग गर्दै यो आफ्नो बाटो फेर्न सक्छ । यसको आकार विशेष तरिकाबाट डिजाइन गरिन्छ । यसो गर्नाले यो आफ्नो बाटो फेर्न सक्छ ।  यो वायुमण्डलमा तल–माथि र  दायाँ–बायाँ गर्न सक्छ ।’

यो क्षमताका कारण शत्रुुको नजरबाट लुकेर यसले हमला गर्न मद्दत गर्न सक्छ । यस्तो खालको मिसाइललाई ट्रयाक गर्न मुश्किल नभएको लारा बताउँछिन् । यो हाइपरसोनिक मिसाइलको गती ५ म्याकको रहेको बताइएको छ । यो आवाजको गती भन्दा पाँच गुणा बढी हो ।

हाइपरसोनिक हतियारको दौड

फ्रान्स, भारत, जापान, चीन र अस्ट्रेलिया पनि हाइपरसोनिक प्रविधिमा काम गरिरहेका छन् । तर यस मध्य सर्वाधिक आधुनिक प्रविधि अमेरिका, रुस र चीनसँग छ ।

युनिभर्सिटी अफ ह्यामबर्गको इन्सटिच्यूट फर पीस रिसर्च एन्ड सेक्युरिटि पोलिसीमा रिसर्च फेलोकी डा. मरिना फवारोका अनुसार विश्वका ठूला शक्ति सैन्य प्रविधिको मामिलामा एक अर्काको अगाडि  हुने होडमा रहेका छन् ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप