बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेत्री कीर्ति सुरेशलाई कोरोना संक्रमण

बिहीबार, २९ पुस २०७८, १७ : ४२
बिहीबार, २९ पुस २०७८

अभिनेत्री कीर्ति सुरेश कोरोना संक्रमित भएकी छन् । आफु कोरोना संक्रमित भएको उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन् । ‘मैले कोरोना सुरक्षाको सबै नियम पालना गरिरहेको थिए ।

यो बीचमा मलाई केही हल्का लक्षण देखियो । मैले कोरोना जाँच गराए । रिपोर्ट पोजेटिभ आयो’ उनले भनिन्, ‘अहिले आइशोलेसनमा छु । सबै सतर्कता अपनाएकी छु ।’ पछिल्लो समय आफ्नो सम्पर्कमा आएको सबै मानिसलाई उनले कोरोना टेष्ट गर्न अनुरोध समेत गरेकी छन् । 

सबै मानिसलाई कोरोना भ्याक्सिन लगाउन समेत आग्रह गरेकी कीर्तिले आफु छिट्टै ठिक भएर एक्सन अवतारका साथ फिल्ममा फर्किने बताइन् । कीर्ति साउथकी चर्चित अभिनेत्री हुन् । बाल कलाकारबाट अभिनय करियर सुरु गरेकी उनले ‘इडु एन्ना मायम’, ‘महानती’, ‘सरकार’ र ‘गीताञ्जली’ जस्ता कयौं सुपरहिट फिल्म दिएकी छन् । उनलाई फिल्म ‘महानती’बाट नेशनल अवार्ड समेत मिलेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप