शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पोल सार्न १ लाख ४० हजार घुस, प्राधिकरणका सब-स्टेसन प्रमुख पक्राउ

बिहीबार, २९ पुस २०७८, १८ : ०७
बिहीबार, २९ पुस २०७८

बिजुलीको पोल सार्न सेवाग्राहीसँग घुस माग्ने नेपाल विद्युत् प्राधिकरणका सब–स्टेसन प्रमुख रंगेहात पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ ग्रिड महाशाखा सब-स्टेसन पाटन ललितपुरमा कार्यरत सब-स्टेसन प्रमुख सुपरभाइजर  सोम प्रसाद पहाडी छन् ।

नेपाल बिद्युत् प्राधिकरणले गाडेको बिजुलीको पोल सार्नको लागी सेवाग्राहीसँग १ लाख ४० हजार घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले पहाडीलाई सेवाग्राहीबाट रुपैयाँ लिइसकेको अवस्थामा घुस रकमसहित कार्यालय परिसरबाट नियन्त्रणमा लिएको छ । प्रवक्ता नारायण प्रसाद रिसालका अनुसार यसबारेमा थप अनुसन्धान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप