बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशमा सुतेको अवस्थामा ३  जना मृत फेला

बिहीबार, २९ पुस २०७८, १८ : १०
बिहीबार, २९ पुस २०७८

लुम्बिनी प्रदेशमा बिहीबार एकै दिन ३ जना मानिसहरू मृत फेला परेका छन् । तीन मध्ये  २ जना मानिस दाङमा मृत फेला परका छन्  । दाङको  घोराही उपमहानगरपालिका–१५ दिपशीका चोकस्थित मानव समाज कल्याण सेवा घरमा रहेका हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष बिहीबार सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेका हुन् ।

यसैगरी दाङ कै बबई गाउँपालिका–५ बगरपुर बस्ने ३५ वर्षीय धनी कुमारी खड्का आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेकी छन् । यता रुपन्देहीको  सिद्धार्थनगर नगरपालिका–९ प्रभातपथस्थित निर्माणाधीन भवनमा लेबर काम गर्ने हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष सोही भवनमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप