बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम : विशेष आयोजनाहरु  राष्ट्रिय योजना आयोगमा सिफारिस

बिहीबार, २९ पुस २०७८, १८ : ३८
बिहीबार, २९ पुस २०७८

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका विशेष तथा समपूरक आयोजनाहरु  राष्ट्रिय योजना आयोगमा सिफारिस गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकमा छ वटा एजेण्डामा छलफल भएको थियो । जसअनुसार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट पेश भएको समपूरक तथा विशेष आयोजनाहरु आयोगमा सिफारिस गर्ने निर्णय भएको हो ।

 प्रदेशभित्रका १४ वटा विशेष र २५ वटा समपूरक आयोजनाहरु छनौट गरि आयोगलाई सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिइन् ।

बैठकले प्रदेश सभा सदस्य नेपालु चौधरी र अक्कलबहादुर रावललाई औषधीउपचार खर्च उपलब्ध गराउने निर्णय पनि गरेको छ । आँखा, मधुमेह, नशा रोगको उपचार गराएका प्रदेश सभा सदस्य नेपालुलाई २९ हजार दुई सय ५० र एपेन्डिसाईटिस र हाईड्रोसिलको उपचार गराएका अक्कललाई ५७ हजार एक सय ४३ रकम उपलब्ध गराउने निर्णय भएको उनले बताइन् ।
सार्वजनिक कार्यालयका लागि जग्गा उपलब्ध गराउने जग्गा दाताले लिखित पारित गराउँदा लाग्ने दस्तुरमा ५० प्रतिशत छुट गर्ने निर्णय पनि भएको उनले बताइन् । ‘जग्गादातालाई प्रोत्साहन गर्न कानुनमा भएको व्यवस्था बमोजिम दस्तुरमा छुट दिने निर्णय भएको हो’ उनले भनिन् ।
भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत आएको प्रस्ताव अनुसार प्रदेशको गाडीको इम्बोस्ड नम्बरमा राखिने अंग्रेजी नाममा फेरबदल गरिएको छ । ‘इम्बोस्ड नम्बर (नम्बर प्लेट)मा लेखिने नम्बरमा सुदूरपश्चिम लेख्दा ११ नम्बर हुन आउँछ’ उनले भनिन् ‘यातायात व्यवस्था विभागको सिस्टममा नौ अक्षरमात्र अटाउने रहेको छ । विभागको सिस्टममा इम्बोस्ड नम्बर अटाउनका लागि अंग्रेजी नाम फेरबदल गरिएको हो ।’ उनका अनुसार अब प्रदेशका गाडीमा राखिने नम्बर प्लेटमा ‘क्यापिटलमा एस.यु.पि.ए’ लेखिने छ ।
यस्तै, प्रदेशको उच्च विद्यालयको सम्भाव्यता अध्ययन गर्न गठन गरिएको कार्यदलको समयावधि थप गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप