बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ए डिभिजन लिगः शुक्रबारदेखि नवौं चरणका खेल

बिहीबार, २९ पुस २०७८, १८ : ५४
बिहीबार, २९ पुस २०७८

१४ क्लबको सहभागिता रहेको सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबारबाट नवौं चरणका खेल हुँदै छन् । आठौं चरणका खेल सकिएसँगै उपाधि होड रोमाञ्चक भइरहेको छ भने रेलिगेशन क्षेत्रमा रहेको टोली बच्नका लागि संघर्ष गरिरहेका छन् । नवौं चरणको खेल अघिको पत्रकार सम्मेलनमा सबै जसो क्लबले तीन अंकका लागि खेल्ने बताएका छन् ।  

शुक्रबारबाट नवौं चरणका खेल आरम्भ हुँदा दिनको पहिलो खेल विभागीय फुटबल क्लब एपिएफ र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुँदै दुबै टोली अंकका लागि मैदान उत्रिनेछ । विभागीय क्लब एपिएफले विदेशी खेलाडी भित्र्याएसँगै राम्रो नतिजा निकाल्न सफल भइरहेको छ भने हिमालयन शेर्पाले मध्ययम प्रदर्शन गर्दै तालिकाको बीचमा रहेको छ । दुबै टोलीका शुक्रबार हुने खेलबाट अंक जोड्ने लक्ष्यका साथ मैदान उत्रिनेछन् । 

दोस्रो खेल भने तालिकाको दोस्रो स्थानमा रहेको मनाङ मस्र्याङ्दी फुटबल क्लबले यसै सिजनको नयाँ टोली सातदोबाटो युथ क्लबसँग प्रतिस्पर्धा गर्दै छ । उपाधि होडलाई जिवन्त राख्न मनाङ सातदोबाटो युथ क्लबसँग सर्तक रहेको खेल्नेछ । किने भने सातदोबाटो युथ क्लबले बलिया टोलीविरुद्ध राम्रो नतिजा निकाल्दै अंक जोडिरहेको छ । मनाङका प्रशिक्षक तोपे फुजाले क्लब जुन भए पनि आफ्नो टोली तीन अंकका लागि खेल्ने बताए ।

यता सातदोबाटो युथ क्लबले पनि राम्रो नतिजाका लागि खेल्ने बताएको छ । शीर्ष डिभिजनमा उक्लिएसँगै तारिफ योग्य प्रदर्शन गरेको सातदोबाटोका प्रशिक्षक सुरज महर्जनले बताए ।

आठौं चरणको समाप्तिमा साविक विजेता मच्छिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिगको र्शीष स्थानमा रहेको छ । नवौ चरणको खेलमा मच्छिन्द्रले ब्रिगेड ब्वाइजसँग प्रतिस्पर्धा गर्ने छ । मच्छिन्द्र फुटबल क्लब उपाधि उचाल्ने लक्ष्यका साथ मैदान उत्रिनेछ ।

शनिबारको खेलमा भने फ्रेन्ड्सले त्रिभुवन आर्मी फुटबल क्लबसँग तीन अंकका लागि खेल्ने जनाएको छ । फ्रेन्ड्स जारी लिगमा एक मात्र टोली हो जसले एक खेलमा पनि स्पष्ट तीन अंक जोड्न सकेको छैन । यस्तै थ्री स्टार क्लबले संकटा क्लबसँग नवौ चरणको खेलमा प्रतिस्पर्धा गर्दा न्युरोड टिम (एनआरटी) र जावलाखेल युथ क्लबबीच नवौं चरणको अन्तिम खेल हुनेछ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप