शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पोखरामा लागु औषधसहित एक युवक पक्राउ

बिहीबार, २९ पुस २०७८, २० : ३७
बिहीबार, २९ पुस २०७८

पोखरामा लागु औषधसहित एक युवक पक्राउ परेका छन् । पोखरा महानगरपालिका–१ भैरवचोकका वर्ष १९ का रोहित विकलाई लागू औषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।   

पक्राउ परेका विकको साथबाट डाईजापाम–१२१ एम्पुल, फेनारगन–१२१ एम्पुल र नर्फिन–१२१ एम्पुल बरामद गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रवक्ता एवं डिएसपी सुन्दर तिवारीले जानकारी दिए । 

विकलाई लागू औषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी तिवारीले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप