मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

६ वर्षीया बालिकामाथि जबरजस्ती करणी, आरोपीलाई जन्मकैदको फैसला

बिहीबार, २९ पुस २०७८, २१ : २४
बिहीबार, २९ पुस २०७८


रसुवामा ६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोप लागेका एक युवालाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका-५ घर भई हाल रसुवाको गोसाईंकुण्ड गाउँपालिका-६ धुन्चेमा बस्ने वर्ष २२ का यमप्रसाद भट्टराईलाई रसुवा जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हो ।

बिहीबार जिल्ला न्यायाधीश राजेन्द्र नेपालको इजलासले भट्टराईलाई जन्मकैदको फैसला सुनाइएको हो । २०७७ पुस १८ गते शनिबार खेलिरहेकी बालिकालाई भट्टराईले आफ्नो घरको कोठामा लगी करणी गरेको भन्दै पीडित परिवारले जिल्ला प्रहरी कार्यालय रसुवामा उजुरी दर्ता गरेका थिए । 
पीडितको उजुरीका आधारमा अभियुक्तलाई पक्राउ गरी आवश्यक अनुसन्धानका पश्चात् पुर्पक्षका लागि कारागार चलान गरिएको थियो । प्राप्त प्रमाणहरूको आधारमा भट्टराईले पीडित नाबालिकालाई मोबाइल खेल्न दिन्छु भनी ललाई फकाई आफ्नो कोठामा लगी जबरजस्ती करणी गरेको पुष्टि भएको रसुवा जिल्ला अदालतका श्रेस्तेदार मुना अधिकारी ढकालले बताइन् । 

भट्टराईले मुलुकी संहिता २०७४ को दफा २१९ को उपदफा (१) र (२) र उपदफा (३) को  देहाय (क) बमोजिम कसुर गरेको ठहरिएको जनाइएको छ । उक्त कसुर बापत प्रतिवादी भट्टराईलाई सोही संहिताको दफा २१९ को उपदफा (३) को देहाय (क) बमोजिम जन्म कैदको फैसला गरिएको रसुवा अदालतले जनाएको छ ।  

त्यसैगरि सोही संहिताको दफा २१९ को उपदफा (३) (क) को (यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ )  देहाय (क) बमोजिम  प्रतिवादीलाई ६ लाख रुपैयाँ जरिवाना तोकिएको छ । भने पीडितलाई सोही संहिताको दफा २२८ बमोजिम क्षतिपूर्ति बापत  ५० हजार भट्टराईने भएको छ । त्यसैगरि अपराध पीडित संरक्षण ऐन २०७५ को दफा ४१ बमोजिम प्रतिवादी भट्टराईले २८ सय कोषमा बुझाउनुपर्ने रसुवा जिल्ला अदालतले जनाएको छ । 

फैसलापछि सञ्चारकर्मीसँगको कुराकानीमा पीडित बालिकाको आमाले न्याय पाएको महसुस गरेको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप