आफ्नै खर्चमा बंगलादेश : २ स्वर्ण पदक !
कर्णाली प्रदेशका खेलाडीहरूले अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा २ स्वर्ण पदक प्राप्त गरेका छन् । बंगलादेश गोजुरियो कराँते ‘दो’ संघको आयोजनामा गत डिसेम्बर २६ देखि २९ सम्म चलेको वि.जी. अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा सहभागी कर्णालीका खेलाडीले २ स्वर्णसहित २ कास्य पदक जितेका हुन् ।
प्रतियोगितामा सहभागी बनेका सुर्खेतका प्रकाश खड्काले एकल कातामा स्वर्ण र ७५ के.जी. कुमितेमा कास्य पदक जितेका हुन् । त्यस्तै, दैलेखका हिक्मत रोका मगरले ६५ के.जी. कुमितेमा १ स्वर्ण र सुर्खेतका सन्दिप महतले ७० के.जी. कुमितेमा कास्य पदक जितेका हुन् ।
जिल्ला खेलकुद विकास समिति सुर्खेतकाअनुसार खेलाडीहरु आफ्नै निजी खर्चमा बंगलादेश पुगेका थिए । जिल्ला गोजुरियो कराँते संघ सुर्खेतले बिहीबार एक कार्यक्रमको आयोजना गरी पदक जित्ने खेलाडीलाई सम्मान गरेको छ । सम्मान कार्यक्रममा बोल्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरीले सरोकारवाला निकायसँग कर्णालीका खेडालीको खेल सहभागिता र खर्चका सम्बन्धमा ध्यानाकर्षण गराइने बताए ।
नेपाल कराँते महासंघ कर्णाली प्रदेशका टेक्निकल कमिटीका अध्यक्ष प्रदिपकुमार राईले आफ्नै खर्चबाट पदक जितेर राष्ट्रको शान र कर्णालीको गौरब बढाएकोमा खेलाडीलाई धन्यवाद दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी