ad
x

प्रदेश १ मा २९२ जनामा कोरोना सङ्क्रमण

person explore access_timeपुस २९, २०७८ chat_bubble_outline0

प्रदेश १ मा पछिल्लो २४ घण्टामा २९२ जनामा कोरोना सङ्क्रमण भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ५७४ जनाको पीसीआर परीक्षण गर्दा २५० र ३०३ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जनामा सङ्क्रमण भएको पुष्टि गरेको छ ।
    
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३२, सुनसरीमा ६७, झापामा ३३, उदयपुरमा दुई, धनकुटा, सङ्खुवासभा, इलाम, पाँचथर र भोजपुरमा एक÷एक र प्रदेश बाहिरका ११ जनामा सङ्क्रमण भएको हो । 
    
मोरङको विराटनगरमा ११४, सुन्दरहरैँचामा चार, पथरीशनिश्चरे, बुढीगङ्गा र कटहरीमा दुई÷दुई, रतुवामाई, कानेपोखरी, धनपालथान, सुनवर्षी, ग्रामथान, उर्लाबारी र लेटाङ, बेलबारीमा एक÷एक, सुनसरीको धरानमा ४३, इटहरीमा १७, इनरुवामा तीन, दुहवी र देवानगञ्जमा दुई÷दुई, झापाको विर्तामोडमा नौ, भद्रपुरमा सात, दमक र मेचीनगरमा चार÷चार, अर्जुनधारा र शिवसताक्षीमा दुई÷दुई, बुद्धशान्ति, कचनकवल, बाह्रदशी, हल्दिबारी र कनकाईमा एक÷एक, उदयपुरको त्रियुगा र कटारीमा एक÷एक, धनकुटाको धनकुटा नगरपालिका, सङ्खुवासभाको पाँचखपन, इलामको चुलाचुली, पाँचथरको मिक्लाजुङ र भोजपुरको षडानन्दमा एक÷एक र प्रदेश  बाहिरका ११ जनामा सङ्क्रमण भएको हो ।
    
प्रदेशमा आज चार महिलासहित आठ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु भएको छ । यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या ८३८ रहेको मन्त्रालयले जनाएको छ । 
















कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।