शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शालिग्राम शिलामा माघे सङ्क्रान्ति मेला लगाउन रोक

शुक्रबार, ३० पुस २०७८, ०९ : ०८
शुक्रबार, ३० पुस २०७८

विहादी गाउँपालिकास्थित सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिलामा माघे सङ्क्रान्ति मेला लगाउन रोक लगाइएको छ । पवित्र कालीगण्डकी किनारमा रहेको शालिग्राम शिलामा वर्षेनी ठूलो मेला लाग्ने गर्दछ । बढ्दो कोभिड सङ्क्रमणका कारण मेला लगाउन रोक लगाइएको हो । पछिल्ला केही दिनयता कोरोना सङ्क्रमण बढ्दै गएको र गृह मन्त्रालयले समेत २५ जनाभन्दा बढी भेला नहुन आदेश जारी गरेका बेला मेला लगाउन रोक लगाइएको गाउँपालिकाका अध्यक्ष कमल भुसालले जानकारी दिए । 

पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतीवेणीमा हरेक वर्षको माघे सङ्क्रान्तिमा ठूलो मेला लाग्ने गर्दछ । यहाँ मेला भर्नका लागि स्वदेश तथा विदेशवाट समेत भक्तजन आउने गर्दछन् ।

गाउँपालिकाले सूचना जारी गर्दै सेतीवेणीमा लाग्ने माघे सङ्क्रान्तिको नियमित मेला, महोत्सवलगायत अन्य भीडभाड हुने कार्य नगर्न नगराउनुहुन अनुरोध गरेको छ । केही दिनअघि जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिड व्यवस्थापन समितिको बैठकले पनि आज राति १२ बजेदेखि २५ जनाभन्दा बढी भेला नहुने आदेश जारी गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप