बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जुम्लामा सार्वजनिक यातायातकाे नयाँ भाडा कायम

शुक्रबार, ३० पुस २०७८, १० : २९
शुक्रबार, ३० पुस २०७८

जुम्लामा सार्वजनिक यातायातको भाडादर निर्धारण गरिएको छ । यातायात व्यवस्था कार्यालयले जुम्लामा गुड्ने साना तथा ठूला यात्रुबाहक सवारीको  भाडादर निर्धारण गरेको हो ।

अब जुम्लादेखि मान्मासम्म बसयात्रा गर्दा ४४० रुपैयाँ तिर्नुपर्नेछ भने मिनिबसमा ५४० रुपैयाँ खर्चनुपर्नेछ । जीपमा जाँदा भने ६३५ रुपैयाँ भाडा पर्ने भएकाे छ ।

जुम्लादेखि सुर्खेत बसमा ८४० रुपैयाँ भाडा निर्धारण गरिएकाे छ भने मिनिबसमा १ हजार ३० रुपैयाँ कायम भएकाे छ । जीपमा जाँदा झन बढी १ हजार २  सय ९ रुपैयाँ तिर्नुपर्नेछ ।  जुम्लादेखि काठमाडौंकाे बस भाडा १ हजार २ सय ८३ निर्धारण गरिएकाे छ । डिलक्स र एसी बसकाे भाडा अझ बढी हुन्छ ।

छोटो दूरीमा जुम्लादेखि उम्गाडसम्म बस भाडा २७ रुपैयाँ कायम भएकाे छ भने जीप-भ्यान ४० रुपैयाँ तिर्नुपर्नेछ ।

जुम्लादेखि लाम्रा सम्म बस भाडा ४४ र जट्ठप भ्यानमा ६४ रुपैयाँ कायम भएकाे छ ।  जुम्लादेखि तातोपानी बस भाडा ६५ र जीप-भ्यान ९६ कायम भएकाे छ ।

जुम्लादेखि कुडारीसम्म बसमा १०८ र जिप भ्यानमा १६० रुपैयाँ भाडा निर्धारण गरिएकाे छ ।  जुम्लादेखि रारालिहिसम्म बस भाडा १३५ र जीप-भ्यान भाडा २ सय रहेकाे छ ।

जुम्ला बजारदेखि नाग्मसम्म बस भाडा १७३ हुँदा जिपमा यात्रा गर्दा २५६ रुपैयाँ तिर्नुपर्ने यातायात व्यवस्था सेवा कार्यालय जुम्लाका सूचना अधिकारी लोकबहादुर महतले बताए  ।

उनका अनुसार छोटो दूरीमा चल्ने अटो रिक्साको भाडा ४० देखि बढीमा ७० रुपैयाँसम्म कायम गरिएकाे छ । 


यातायात  व्यवसायिकले भने सरकारबाट निर्धारण भएकाे भाडादर कार्यान्वयन हुन नसक्ने बताउँदै आएका छन् । तिला कर्णाली यातायातका इन्चार्ज इन्द्र थापाले डिजेल, पाटपूर्जाको भाउ बढेका बेला सरकारी भाडादर निकै कम भएकाे बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप