बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

२०० रुपैयाँले बढ्यो सुनको मूल्य

शुक्रबार, ३० पुस २०७८, ११ : ००
शुक्रबार, ३० पुस २०७८

पुस महिनाको अन्तिम दिन अर्थात् आज शुक्रबार सुनको मूल्य २०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा २०० रुपैयाँले वृद्धि हुँदै ९२ हजार ७०० रुपैयाँ कायम भएको हो । 
गत बिहीबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा २०० रुपैयाँले नै बढ्दै ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

यता चाँदीको मूल्य भने बिहीबारको मूल्यमा पाँच रुपैयाँले मात्र बढ्दै एक हजार २६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप