शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

करेन्ट लागेर इन्जिनियरको मृत्यु

शुक्रबार, ३० पुस २०७८, १२ : १५
शुक्रबार, ३० पुस २०७८

संखुवासभाको सभापोखरी गाउँपालिका-३ बाह्रबिसेस्थितमा निर्माणाधिन स्वास्थ्य चौकी भवनमा निरीक्षण गर्ने क्रममा करेन्ट लागेर एक इन्जिनियरको मृत्यु भएको छ । 
ललितपुर गोदावरी बस्ने सप्तरी घर भएका  सिभिल ईन्जिनियर २८ वर्षीय अनिल ठाकुरको मृत्यु भएको हो ।  

उक्त निर्माणधीन भवनको गाह्रोमा चढी निरीक्षण गर्ने क्रममा बिद्युत प्रसारण लाईनको तारमा पर्न गई करेन्ट लागेर बेहोस भएका उनको जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप