
नुवाकोटमा चिकित्सक मृत फेला

नुवाकोटको विदुर नगरपालिका–१ स्थित ढुंगेमा चिकित्सक मृत अवस्थामा भेटिएका छन् । नुवाकोट घर भएका २६ वर्षीय डाक्टर शशांक पाण्डे मृत भेटिएका हुन् । गएराति १२ बजेतिर त्रिशुली बजारबाट बट्टार जाँदै गरेका पाण्डे चढेको मोटरसाइकल दुर्घटना भएको नुवाकोटका एसपी रामप्रकाश शाहले बताए । उनी सञ्जीवनी पोलिक्लिनकमा कार्यरत थिए ।
शुक्रवार बिहान दुर्घटना भएको खबर पाएपछि उनलाई प्रहरीले त्रिशुली अस्पतालमा लगिएको थियो । पाण्डेको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइएको छ । उनी सवार प्र–३–०२–८४४४ नम्बरको मोटरसाइकल कसरी दुर्घटना भयो भन्नेबार अनुसन्धान भइरहेको एसपी शाहले बताए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ