शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरबाट ७ जना जुवाडे पक्राउ

शुक्रबार, ३० पुस २०७८, १३ : १४
शुक्रबार, ३० पुस २०७८

भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोट स्थित महेन्द्र शान्ति चोकबाट प्रहरीले ७ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४४ वर्षीय रामबाबु रानाभाट सहित ७ जना छन् । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता (डिएसपी) राजु पाण्डेका अनुसार आरोपीहरु रानाभाटको घरमा तास खेलिरहेको अवस्थामा बिहीबार साँझ पक्राउ परेका हुन् । 

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले जुवा खालबाट ८५ हजार ४ सय ५५ रुपैयाँ र ३ बुक तास बरामद गरेको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप