बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पिएम कप : विक्रमको उत्कृष्ट प्रदर्शनसँगै आर्मीको दोस्रो जित

शुक्रबार, ३० पुस २०७८, १३ : १९
शुक्रबार, ३० पुस २०७८

विक्रम सोबको उत्कृष्ट प्रदर्शन प्रेरित त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय टी(२० क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ ।  शुक्रबार मूलपानीको माथिल्लो मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गर्दै आर्मीले प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम राखेको हो । 

११६ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १२० रन बनाएको हो ।  आर्मीका हरि चौहानले सर्वाधिक ३३ रन बनाए । चार चौका हिर्काएका हरिले ३९ बल खेलेका थिए ।  यस्तै विक्रम सोबले २९ रन बनाए । २२ बलको सामना गरेका विक्रमले एक चौका र दुई छक्का प्रहार गरे ।  यस्तै भीम सार्कीले १३ रन बनाउँदा शाहब आलमले १२ तथा कुशल मल्लले ११ रन बनाए  । 

सुदूरपश्चिमका आदित्य महताेले चार विकेट लिए । चार ओभर बलिङ गरेका आदित्यले १४ रन खर्चिए । यस्तै हेमन्त धामी, नारायण जोशी र शेर मल्लले समान एक विकेट लिए । 

यसअघि टस हारेर ब्याटिङ पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा अल आउट हुँदै ११५ रन बनाएको थियो ।  सुदूरपश्चिमको लागि खडक बोहराले सर्वाधिक ३७ रन बनाए । यस्तै वसन्त कार्कीले ३४ रन बनाउँदा विकेट किपर समेत रहेका अर्जुन साउदले १५ रनको योगदान गर्दा अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । 

सुदूरपश्चिमका दुई खेलाडी शून्यमा आउट भएका थिए । सुदूरपश्चिमलाई सस्तैमा समेट्न आर्मीका विक्रम सोबले सर्वाधिक ६ विकेट लिए । चार ओभर बलिङ गरेका विक्रमले आठ रन मात्रै खर्चिएका थिए । 

यस्तै कुशल मल्ल, शाहब आलम र हरि चौहानले समान १ विकेट लिए । जितसँगै आर्मीले दोस्रो स्थानमा रहँदै सेमिफाइनल सम्भावना कायम राखेको छ । आर्मीको तीन खेलबाट ५ अंक रहेको छ । यता, सुदूरपश्चिमको भने तीन खेलबाट दुई अंक रहको छ र तेस्रो स्थानमा छ । 

समूह ‘ए’ मा तीन खेलमा शत प्रतिशत जितसहित नेपाल पुलिस क्लब शीर्ष स्थानमा रहँदै एक खेलअघि नै सेमिफाइनल यात्रा तय गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप