शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा थप १८६ जनामा कोरोना संक्रमण पुष्टि

शुक्रबार, ३० पुस २०७८, १६ : ०४
शुक्रबार, ३० पुस २०७८

गण्डकी प्रदेशमा थप १८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४२२ जनामा गरिएको परीक्षणमा १८६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये पीसीआर प्रविधिबाट १५२ र एन्टिजिन परीक्षणबाट ३४ जनामा संक्रमण पुष्टि भएको हो । 

प्रदेशमा केही दिनदेखि क्रमश कोरोना संक्रमण उच्च रुपमा वृद्धी भएको छ । एक हप्तामा गण्डकीमा कोरोना संक्रमण तीव्ररूपमा बृद्धि भएको छ । गत शुक्रबार प्रदेशका विभिन्न जिल्लामा १६ जना मात्र संक्रमित देखिएकोमा आइतबार ३८ सोमबार ७०, मंगलबार ११४, बुधबार १२१, बिहिबार १६५ र आज (शुक्रबार) १८६ जनामा संक्रमण देखिएको हो । एकहप्ताको तथ्याङक हेर्दा प्रदेशमा कोरोना संक्रमण तीब्र गतिमा बृद्धि भएको छ ।

पछिल्लो २४ घण्टामा संक्रमित हुनेमा कास्कीमा ९५, लमजुङ १,बागलुङ २, स्याङजा १०, म्याग्दी ५,मुस्ताङ २, तनहँु १६ र नवपरासी पूर्वमा ५५ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ८९ हजार २३२ पुगेको छ । 

गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४ सय २८ रहेकोे छ । प्रदेशमा पछिल्लो चौविस घण्टामा थप १८ जना संक्रमणमुक्त भएका छन । प्रदेशमा हालसम्म संत्रमणमुक्त हुनेको संख्या ८७ हजार ४० पुगेको छ ।

प्रदेशमा हालसम्म ३ लाख ५९ हजार ६९ जनाको परीक्षण भएको छ । हाल प्रदेशमा ७६५ सक्रिय संक्रमित रहेका छन् । तिमध्ये ७३१ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप