शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बालुवा बोकेको ट्याक्टरमा लुकाएर ल्याइएको सालको काठ बरामद

शुक्रबार, ३० पुस २०७८, १६ : ३०
शुक्रबार, ३० पुस २०७८

कैलालीमा बालुवा बोकेको ट्याक्टरमा लुकाई छिपाई लगेको अवस्थामा प्रहरीले सालको काठ बरामद गरेको छ । शुक्रबार अस्थायी प्रहरी पोष्ट श्रीपुरबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–७ गैडास्थित भित्री सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ट्याक्टरबाट सो काठ बरामद गरेको हो ।

गोदावरी नगरपालिका–७ बस्ने २६ वर्षीय हर्क कुमालले चलाएको से १ त ८८६७ नम्बरको ट्याक्टरमा बालुवाभित्र ५५ थान सालको काठ फेला पारी ट्याक्टर र चालकसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरामद काठसहित ट्याक्टरलाई सव डिभिजन वन कार्यालय अत्तरिया पठाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप