शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले कास्कीका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुको शपथ

शुक्रबार, ३० पुस २०७८, १९ : ०२
शुक्रबार, ३० पुस २०७८

नेपाल कम्युनिष्ट पार्टी एमाले कास्कीको १० औं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुले शपथ लिएका छन् । शुक्रबार एमाले जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले नवनिर्वाचित अध्यक्ष मनबहादुर गुरुङलाई सपथ ग्रहण गराएका हुन् ।

त्यसपछि अध्यक्ष गुरुङले पदाधिकारी सहित सदस्यलाई सपथ गराएका थिए । पुसको २३ गते सुरु भएको एमाले कास्कीको अधिवेशनको समापन समेत आज नै गरिएको छ । एमाले अधिवेशनमा विभिन्न पदमा १२० पदका लागि २६३ जनाले उम्मेदवारी दिएका थिए । 

कास्कीमा एमालेका केन्द्रीय उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीले आपूm निकटका उमेदवारलाई अगाडी बढाउन चाहेकाले नेतृत्व चयन प्रक्रिया लम्बिएको थियो । तीन, चार दिनसम्म सर्वसम्मतिमा नेतृत्व चयन गर्ने भन्दै लम्ब्याउँदा समेत सहमति नजुटेपछि अन्तिममा आएर निर्वाचन भएको थियो । धेरै दिन लम्ब्याउँदा समेत सर्वसम्मत नेतृत्वमा सहमति नभएपछि भएको निर्वाचनमा उपमहासचिव पृथ्वी सुब्बा निकट मनबहादुर गुरुङ जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए ।

त्यसैगरी अन्य पदहरुमा समेत मिश्रित परिणाम आएको थियो । जिल्ला अध्यक्षसहित कार्यसमितिको परिणाम तीन दिन पहिले नै सार्वजनिक भएपछि अन्य पदाधिकारीको हिजो साँझमात्र सकिएकाले आज (शुक्रबार) निर्वाचित सवै कार्यसमिति र पदाधिकारीको शपथ खाएका हुन् ।

शपथ ग्रहणपछि बोल्दै नवनिर्वाचित अध्यक्ष गुरुङले पार्टीलाई सहमतिका साथ एक ढिक्का बनाएर अगाडी बढने प्रतिबद्धता ब्यक्त गरेका छन् । उनले सबैको साथ सहयोगले अगाडी बढने बताउदै आफु असफल हुँदा एमाले पार्टी असफल हुने दावी गरे । ‘ब्यक्ति असफल हुनु भनेको एमाले पार्टी असफल हुनु हो’,उनले भने,‘म आफूले जानेर गल्ती गर्ने छैन,अन्जानमा गल्ती भएको अवस्थामा साथीहरुबाट  सकरात्मक सुझावको अपेक्षा गर्दछु ।’ 

उनले आफुले अध्यक्षका हैसियतमा पार्टीका नेता भेट्ने बताउदै अनावस्यक कुरा गर्न र गुटको राजनीतिमा नलाग्ने प्रतिबद्धता ब्यक्त गरे । अध्यक्षमा पराजित भएका निवर्तमान सचिव दामोदर बैरागीले आफु पदको लोभी नभएको बताउदै अवको तीन वर्ष पदको लोभ नदेखाउने बताए । उनले पार्टीले दिएको जिम्मेवारी पुरा गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप