बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भैरहवामा भारतीय ट्रकको ठक्करबाट एक जनाको मृत्यु

शुक्रबार, ३० पुस २०७८, १९ : ०५
शुक्रबार, ३० पुस २०७८

रुपन्देहीको भैरहवामा आज  भारतीय ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।  सिद्धार्थनगरको बुद्ध चोकमा लु.१८ प ५७१६ नम्बरको मोटरसाइकललाई युपी ४२ एटी ४३५२ नम्बरको भारतीय ट्रकले ठक्कर दिँदा रुपन्देहीको ओमसतिया गाउँपालिकास्थित खुन्साका ४० वर्षीया जीवराज बस्यालको  घटनास्थलमै मृत्यु भएको हो ।

बाटो क्रस गर्ने बेला तीव्र गतिमा आएको ट्रकले मोटरसाइकलमा सवार बस्याललाई ठक्कर दिएको थियो । ठक्कर दिएको ट्रकले केही दुरी घिसारेपछि उनको मृत्यु भएको हो । बुद्ध चोकबाट ट्रकले मोटरसाइकल घिसार्दै नयाँ सडकस्थित भाटभटेनी नजिक ल्याएपछि  आक्रोशित स्थानीयले ट्रकमाथि ढुंगामुढा गर्दा क्षति पुगेको छ । प्रहरीले ट्रक र चालक प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरेको जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप