शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश–१ मा ३७९ मा कोरोना सङ्क्रमण पुष्टि

शुक्रबार, ३० पुस २०७८, २० : ४७
शुक्रबार, ३० पुस २०७८

प्रदेश–१ मा पछिल्लो २४ घण्टाको अवधिमा ३७९ मा कोरोना सङ्क्रमण  पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ७४३ को पीसीआर परीक्षण गर्दा ३२४ र ३०३ को एन्टिजेन परीक्षण गर्दा ५५ जनामा सङ्क्रमण भएको  हो ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा  मोरङमा १८६, सुनसरीमा ६८, झापामा ४५, इलाममा चार, धनकुटा, खोटाङ र उदयपुरमा एक÷एक र प्रदेश  बाहिरका १८ जनामा सङ्क्रमण भएको हो । मोरङको विराटनगरमा १६४, बुढीगङ्गामा नौ, कटहरीमा तीन, रङ्गेली, सुन्दरहरैचा र जहदामा दुई÷दुई, ग्रामथान, उर्लाबारी, धनपालथान र स्थानीय तह नखुलेका एक÷एक, सुनसरीको धरानमा ३२, इटहरीमा २५, रामधुनीमा चार, बराहक्षेत्र र दुहवीमा दुई÷दुई, इनरुवा, गढी र स्थानीय तह नखुलेका एक÷एक रहेको मन्त्रालयले जनाएको छ । 

    यस्तै झापाको विर्तामोडमा १७, दमकमा नौ, भद्रपुरमा आठ, बुद्धशान्ति, शिवसताक्षी र कनकाईमा दुई÷दुई, अर्जुनधारा, गौरीगञ्ज, मेचीनगर, कमल गाउँपालिका र स्थानीय तह नखुलेका एक÷एक, इलामको रोङमा दुई, इलाम नगरपालिका र स्थानीय तह नखुलेका एक÷एक, धनकुटाको धनकुटा नगरपालिका, खोटाङको दिप्रुङ र उदयपुरको बेलकामा एक÷एक र प्रदेश  बाहिरका १८ जना सङ्क्रमण भएका छन् । प्रदेशमा आज आठ महिलासहित २५ कोरोना सङ्क्रमण मुक्त भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १३७ रहेको मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप