
पाटन अस्पतालमा अक्सिजन प्लान्ट

पाटन अस्पतालमा आजदेखि मेडिकल अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन तथा अस्पतालका निर्देशक डा रवि शाक्यले आज संयुक्त रुपमा सो सेवाको उद्घाटन गरे । महानगरपालिकाका प्रमुख महर्जनले अस्पतालले बिरामीप्रति गरेको सद्भाव देखेर महानगरपालिकाले पनि आवश्यक सहयोग गर्नुपर्छ भनेर प्लान्ट खरिदमा सहयोग गरेको बताए ।
डा.शाक्यले मुलुकमा दोस्रो लहरको कोरोना भित्रिँदा आफूहरुले अक्सिजन अभावमा पाएको दुःख स्मरण गर्दै सो प्लान्टले उपचारमा सहयोग गर्ने बताए । प्रतिष्ठानका उपकुलपति डा.राजेशनाथ गोगलले कोभिडको दोस्रो लहर रहँदा आफूहरुको सामर्थ्यले भ्याएसम्म बिरामीको सेवा गरेको बताए । कार्यक्रममा गत माघ महिनामा महानगरपालिकाकाले सो प्लान्ट खरिदका लागि अस्पताललाई रु एक करोड बराबरको चेक हस्तान्तरण गरेको जानकारी गराइएको थियो ।
अक्सिजन प्लान्टको क्षमता दैनिक २२० प्रतिसिलिण्डर उत्पादन गर्न सक्ने जानकारी दिइयो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ