
ADVERTISEMENT
तनहुँमा जीप दुर्घटना, चार जनाको मृत्यु

तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा आज साँझ जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । धरमपानीस्थित हटिया भन्ने ठाउँमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
जीपमा १२ जना सवार रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । घाइते भएकालाई उद्धार गरी बन्दीपुर अस्पताल पठाइएको उनले बताए । मृत्यु भएकाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । ग १ ज ६५५५ नम्बरको जीप अनियन्त्रित भई भीरबाट तल खसेको थियो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ