ad
x

पाँच महिनामा एक अर्बको छुर्पी निर्यात

person explore access_timeमाघ १, २०७८ chat_bubble_outline0

नेपालबाट चालू आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा एक अर्ब एक करोड १२ लाख रुपैयाँको छुर्पी निर्यात गरिएको छ । चालू वर्षको साउनदेखि मंसिरसम्म नेपालबाट उक्त मूल्य बराबरको ६ लाख ३१ हजार किलो छुर्पी निर्यात भएको हो ।


भन्सार विभागले सार्वजनिक गरेको पाँच महिनाको तथ्याङ्क अनुसार १९ वटा देशमा छुर्पी निर्यात हुँदै आएको छ । कम्बोडिया, क्यानडा, चीन, जर्मनी, हङकङ, इण्डोनेशिया, जापान,कोरिया, युरोपियन मुलुक र अमेरिकी देशमा छुर्पी निर्यात हुँदै आएको छ ।



ती मुलुकले पाल्तु कुकुरको खानाको रूपमा नेपालमा उत्पादित छुर्पी प्रयोग गर्छन् । यस अवधिमा सबैभन्दा धेरै अमेरिकामा ८५ करोड रुपैयाँको छुर्पी निर्यात भएको छ ।
 













कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।