फेरि सुनसान बन्दै लुम्बिनी
केही महिना यता चलायमान बनेको धार्मिक पर्यटकीय गन्तव्य लुम्बिनीमा फेरि कोरोना भाइरसको त्राससँगै सुनसान बन्न थालेको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको प्रभाव मुलुकको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनीमा परेको हो ।
केही हप्ताबाट पर्यकनहरूको आगमन निकै कम भएको लुम्बिनी विकास कोषले जनाएको छ । कोरोना सङ्क्रमणले प्रभाव पार्दा सरकारले हवाई यात्रामा प्रतिबन्ध लगाएको थियो भने विश्वका धेरै मुलुकले यात्रामा रोक लगाएका थिए । यसको सिधै असर लुम्बिनी परेको लुम्बिनी विकास कोषका प्रमुख सूचना अधिकारी डा. हरिध्वज राईले बताए । उनले हालै लुम्बिनीमा आन्तरिक तथा बाह्र पर्यटकहरू चलायमान बन्न थालेको बेला नयाँ भेरियन्ट ओमिक्रोन त्रासले पर्यटकहरूको सङ्ख्या दैनिक घट्दै गएको बताए ।
लुम्बिनी विकास कोषका अनुसार सन् २०२१ मा विभिन्न ६८ मुलुकका १ हजार १ सय ९७ विदेशी पर्यटक घुम्न आएका थिए । कोषका अनुसार सन २०२० मा ८४ मुलुकका ४५ हजार ३ सय २९ विदेशी पर्यटक आएका थिए । २०१९ मा एक सय २० मुलुकका एक लाख ७४ हजार विदेशी पर्यटक आएका थिए । २०२० मा कोरोना सङ्क्रमण सुरु भएपछि विदेशी पर्यटक, तीर्थयात्री, उपासक उपासिकाको आगमन घटेको हो ।
पछिल्ला दिनहरूका विदेशीभन्दा नेपाली र भारतीय पर्यटक तीर्थयात्रीको सङ्ख्या उल्लेख्य छ । कोरोना सङ्क्रमणको डर त्रास रहे पनि नेपालीहरू घुम्न पछि नपरेको तथ्याङ्कले देखाएको उनले बताए । कोषका पथप्रदर्शक अधिकृत मुकुन्द गौतमले नेपाली र भारतीयहरू चाडपर्व, बिदा, दसैँ र तिहारका बेला पनि नेपाली मुलुक भित्र घुम्न निस्किएको बताए । नेपाली विभिन्न ठाउँ बाट पछिल्ला दिनहरू घुम्न आउनेहरू प्रचलन वृद्धि भएपछि लुम्बिनीमा आन्तरिक पर्यटकहरूको सङ्ख्या पनि वृद्धि हुने गरेको पछिल्ला वर्षको रेकर्डले देखाउने पर्यटन वृद्धि समेत रहेका राईले बताए ।
उनले भने, 'हाम्रो समाजमा पनि पछिल्ला वर्षमा घुमघाम गरौँ भन्ने तर्फ गइरहेको छ । अझै लुम्बिनीको आफ्नै महत्त्व रहेको छ,त्यसै वृद्धि रहेको थियो तर नयाँ भेरियन्टको त्रासले फेरी ब्रेक लगाउन पुग्यो ।'
उनका अनुसार २०२१ मा ४ लाख ६३ हजार ९ सय ६३ नेपाली पर्यटक लुम्बिनी आएका थिए । २०२० मा २ लाख १० हजार ३३ नेपाली पर्यटक लुम्बिनी घुम्न आएका थिए । उता सन् २०२१ मा ४३ हजार ३२ भारतीय पर्यटक आएका थिए भने २०२० मा ३७ हजार २ सय ६ भारतीय पर्यटक आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'मूल्य समायोजन नपाउँदा निर्माण उद्योग इतिहासकै धराशायी अवस्थामा'
-
हरिवंश र आना उत्कृष्ट कलाकार, फिल्ममा ‘ऊनको स्वीटर’
-
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
-
रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन पर्सा अदालतको अनुमति
-
वैशाखमा मूल्यवृद्धि ५.०४ प्रतिशत पुग्यो, खाद्यभन्दा गैर-खाद्य वस्तु तथा सेवामा महँगी बढी
-
महावीर पुनको नवप्रवर्तन यात्रा : नील आर्मस्ट्रङलाई चिठीदेखि कृषि कारखानासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण